2026-09-11 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महिला अधिकारकर्मी संग वीरगंजेली युवा नेताहरुको छलफल कार्यक्रम सम्पन्न

parsa newsमाघ २७, वीरगंज । मधेसका चर्चित एवं क्रियाशिल अधिकारकर्मी द्वव रीता साह र रुपा झाले
मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका वीरगंजका युवा नेताहरु संग भेटघाट गरेका छन् ।

आज होटल हिरा प्लाजामा आयोजित भेटघाट कार्यक्रमको मुख्य बिषय जारी मधेस
आन्दोलनलाई तपाई कसरी लिनुभएको छ , आन्दोलनमा युवा र महिलाको भुमिका र आन्दोलनमा राज्यले गरेको व्यवहार
बिषयमा छलफल मुख्य रुपमा केन्द्रित रहेको थियो । अधिकारकर्मीद्वव साह र झाले मधेसको अधिकांस जिल्लाहरु
भ्रमण एवं स्थलगत अवलोकन गर्दै आज वीरगंज आईपुगेका हुन ।

छलफल
कार्यक्रममा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले राज्यले जहिले पनि मधेसीहरुलाई अधिकार र पहिचान
बाट बंचित गरेको हुनाले देशमा अस्थितरता उत्पन्न भएको बताए । जारी मधेस आन्दोलनमा केन्द्रिय नेतृत्वको
तालमेलको कमी र ठोस योजना संगै निषेदको राजनितीले गर्दा मधेसीहरुले पाएको उपलब्धि पनि गुम्ने खतरा रहेको
बताएका थिए ।

छलफलमा आफनो धारणा राख्दै संघीय समावेसी मधेसी
युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवले मधेस आन्दोलन सफल पार्नका लागि मधेसमा क्रियाशिल मधेसवादी
पार्टीहरु एक मोर्चा बनाउन अपरिहार्य रहेको बताउदै आन्दोलनको दौरानमा ठुला पार्टीका नेताहरुले मधेसवादी
दलका नेताहरुलाई बदनाम गर्नुको साथै आन्दोलन तुहाउने काम मात्र गरेको बताए । राष्ट्रिय मधेस समाजवादी
पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले आन्दोलन सफल पार्नका लागि व्यक्तिगत ईगो त्याग गरी अब मधेसमा
महागठबन्धनको आवश्यकता रहेको बताएका थिए ।

मधेस आन्दोलनकारी
समिती वीरगंजका संयोजक बिनेश पटेलले निषेदको राजनितीलाई अन्त्य गरी मधेस आन्दोलन सफल पार्नका लागि मधेसी
मोर्चा ,गठबन्धन र मधेस आन्दोलनमा सक्रिय संगठनहरुको बृहत मोर्चा नबनाए सम्म जारी मधेस आन्दोलन सफल
नहुने बताएका थिए ।

छलफल कार्यक्रममा तराई मधेस राष्ट्रिय
अभियान पर्साका संयोजक प्रमोद सिंह, युवा गठबन्धनका नेताहरु ओमप्रकास सर्राफ,असरफ अली, रमेश सहनी, कौशल
यादव, मुना सोनी, मधेस आन्दोलनकारी समितीका नेताहरु अनिल गुप्ता, धुरेन्द्र पटेल, संजय पटेल, धन्नजीव
मिश्रा, बिष्णु पटेल, सदभावना पार्टी पर्सा जिल्ला सदस्य किसोरी कलवार लगायतकाले जारी मधेस आन्दोलनबारे
आ-आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस