प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प"/>
2026-09-01 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नयाँपोखरामा भव्य तिज गीत प्रतियोगिता

प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प्रथम भएको छ ।

  त्यस्तै  कालिका निमावि दोहली ३ ढाँडाको समुह दृतिय र बुद्ध ज्याति युवा क्लव दोहली–२ कल्यारको समुह तृतिय भएको छ भने  तमु समाज दोहली छेडा बजारको समुहले सन्तावान पुरस्कारमैं चित्त बुझाउनु परेको ।तर उत्कष्ट नृत्य पस्केर कार्यक्रममा आकर्षणकी पात्र बनेकी थिईन् कालिका निमावि हस्तीचौर –१ ढाँडाकी ८ वर्षिया वालिका अनिषा थापा ।

  उनले यस वर्षको तीजमा जुन गाविसमा आयोजना  गरिएको प्रतियोगितामा पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेर सवैलाई चकित पारकी छिन् ।  गत वर्ष देखि विद्यालयमै नृत्य सिक्दै आएकी उनी भविश्यमा मोडलिङ्ग क्षेत्रमा चम्कीन चाहन्छीन् । उनलाई नृत्य सिकाउने शिक्षिका शर्मिला खत्रीले यति सानी ८ वर्षिया वालिकाले जुन ठाउको प्रतियोगिामा पनि उत्कृष्ट बनेर विद्यालयको शिर उचो पारेकोमा आफुहरु गर्वित भएको बताईन् ।

   प्रथम पुरस्कार ७ हजार धनराशी  शौजन्य गरेका थिए स्वर्गिय देविराम जि.सी र माता पुतली जिसीको सम्झानामा हाल मलेशियामा रहेका उनका छोरा दोहली ३ ढाँडाका ओमबहादुर जिसीले   । दृतिय पुरस्कार  ५ हजार  ढाँडाकै  सरम जिसीले छोरा सुरज जिसी मार्फत  ।

   त्यस्तै तृतिय पुरस्कार ३ हजार हाल गरिवी निवारणमा कार्यरत दोहली ४ कुखरीका च्याना  निवासी कल्पना जिसीले  । सान्तवान पुरस्कार २ हजार दोहली ३ डिलबहादुर जिसीले शौजन्य गरेका थिए मलेशियामा कार्यरत  ढाँडाकै यमबहादुर जिसीले । विशेष शौजन्य गरेका छन् सफल क्रियशनका प्रवन्ध निर्देशक नेत्र अर्याल र विनय खत्रीले ।  कार्यक्रम स्थलमा पनि सहयोेग गर्नेहरुको राम्रै लहर थियो ।

 कार्यक्रमको प्रमुख अतिथ्यता नेकपा एमालेका जिल्ला  सचिवालय सदस्य एवं यस भेगका समाज सेवी लक्ष्मण विष्टले गरेका थिए ।  कार्यक्रममा प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार,    जिल्ला स्थानिय निकायका    सदस्य चुरा विष्ट , क्षेत्रिय  सदस्य मानबहादुर बस्नेत दर्लामचौर गाविसका  निर्वतमान  उपाध्यक्ष महेन्द्र अधिकारी , एमाले दोहली गाउँ कमिटी अध्यक्ष विष्णु सुनारको विशेष आतिथ्यता रहेको थियो ।

   त्यस्तै नेकपा एमाले दोहली गाउँ कमिटीका सचिव , प्रताव सुनार , सुन्तला देखि निमावि नयाँपोखरा व्यवस्थापन समिति अध्यक्ष नन्दराम अर्याल , कार्यवाहक प्रधानध्यापक डम्वर विष्ट , ईस्मारजस्थल प्रहरी चौकीका प्रहरीह हवल्दार खिमबहादुर बिश्वकर्माको विशेष अतिथ्यता रहेको थियो ।

 तिज गीतका अलवा स्थानि कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्न प्रदान गरेका थिए  । जनजागृति युवा क्लव दोहली ३ ढाँडाका अध्यक्ष अर्जुन जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विजय खत्रीले गरेका थिए भने सचिव नविन जिसीले सञ्चालन गरेका थिए ।

वलिथुममा पनि सम्पन्न

 न्यु सदावाहर युवा क्लव वलिथुम– २ टारीको चौथो वार्षिकोत्सव तथा  हरितालिका तिजकोा अवसरमा आयोजना गरेको खुल्ला तीज गीता  प्रतियोगिता  सम्पन्न गरेको छ ।

 सहभागि चार टिम मध्ये कालिका युवा क्लव पराल्मी प्रथम भएको छ ।  हिमालय युवा क्लव वलिथुम दृतिय र नरहरी कँडेल मावि वलिथुम तृतिय भएका छन् ।  स्थानिय जेष्ठ नागरिक नेत्रलाल गौतमको अध्यक्षता रहेको कार्यक्रममा स्थानिय शिक्षक वुद्धिजिवीहरु  पनि सहभागी थिए ।  क्लवका अध्यक्ष सुरेश कँडेलका अध्ययक्षता  रहेको कार्यक्रममा  सचिव निर्मल गौतमको सञ्चालन रहेको हाम्रा प्रतिनिधी  मोहन गौतमले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन