प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प"/>
2026-10-27 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नयाँपोखरामा भव्य तिज गीत प्रतियोगिता

प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प्रथम भएको छ ।

  त्यस्तै  कालिका निमावि दोहली ३ ढाँडाको समुह दृतिय र बुद्ध ज्याति युवा क्लव दोहली–२ कल्यारको समुह तृतिय भएको छ भने  तमु समाज दोहली छेडा बजारको समुहले सन्तावान पुरस्कारमैं चित्त बुझाउनु परेको ।तर उत्कष्ट नृत्य पस्केर कार्यक्रममा आकर्षणकी पात्र बनेकी थिईन् कालिका निमावि हस्तीचौर –१ ढाँडाकी ८ वर्षिया वालिका अनिषा थापा ।

  उनले यस वर्षको तीजमा जुन गाविसमा आयोजना  गरिएको प्रतियोगितामा पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेर सवैलाई चकित पारकी छिन् ।  गत वर्ष देखि विद्यालयमै नृत्य सिक्दै आएकी उनी भविश्यमा मोडलिङ्ग क्षेत्रमा चम्कीन चाहन्छीन् । उनलाई नृत्य सिकाउने शिक्षिका शर्मिला खत्रीले यति सानी ८ वर्षिया वालिकाले जुन ठाउको प्रतियोगिामा पनि उत्कृष्ट बनेर विद्यालयको शिर उचो पारेकोमा आफुहरु गर्वित भएको बताईन् ।

   प्रथम पुरस्कार ७ हजार धनराशी  शौजन्य गरेका थिए स्वर्गिय देविराम जि.सी र माता पुतली जिसीको सम्झानामा हाल मलेशियामा रहेका उनका छोरा दोहली ३ ढाँडाका ओमबहादुर जिसीले   । दृतिय पुरस्कार  ५ हजार  ढाँडाकै  सरम जिसीले छोरा सुरज जिसी मार्फत  ।

   त्यस्तै तृतिय पुरस्कार ३ हजार हाल गरिवी निवारणमा कार्यरत दोहली ४ कुखरीका च्याना  निवासी कल्पना जिसीले  । सान्तवान पुरस्कार २ हजार दोहली ३ डिलबहादुर जिसीले शौजन्य गरेका थिए मलेशियामा कार्यरत  ढाँडाकै यमबहादुर जिसीले । विशेष शौजन्य गरेका छन् सफल क्रियशनका प्रवन्ध निर्देशक नेत्र अर्याल र विनय खत्रीले ।  कार्यक्रम स्थलमा पनि सहयोेग गर्नेहरुको राम्रै लहर थियो ।

 कार्यक्रमको प्रमुख अतिथ्यता नेकपा एमालेका जिल्ला  सचिवालय सदस्य एवं यस भेगका समाज सेवी लक्ष्मण विष्टले गरेका थिए ।  कार्यक्रममा प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार,    जिल्ला स्थानिय निकायका    सदस्य चुरा विष्ट , क्षेत्रिय  सदस्य मानबहादुर बस्नेत दर्लामचौर गाविसका  निर्वतमान  उपाध्यक्ष महेन्द्र अधिकारी , एमाले दोहली गाउँ कमिटी अध्यक्ष विष्णु सुनारको विशेष आतिथ्यता रहेको थियो ।

   त्यस्तै नेकपा एमाले दोहली गाउँ कमिटीका सचिव , प्रताव सुनार , सुन्तला देखि निमावि नयाँपोखरा व्यवस्थापन समिति अध्यक्ष नन्दराम अर्याल , कार्यवाहक प्रधानध्यापक डम्वर विष्ट , ईस्मारजस्थल प्रहरी चौकीका प्रहरीह हवल्दार खिमबहादुर बिश्वकर्माको विशेष अतिथ्यता रहेको थियो ।

 तिज गीतका अलवा स्थानि कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्न प्रदान गरेका थिए  । जनजागृति युवा क्लव दोहली ३ ढाँडाका अध्यक्ष अर्जुन जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विजय खत्रीले गरेका थिए भने सचिव नविन जिसीले सञ्चालन गरेका थिए ।

वलिथुममा पनि सम्पन्न

 न्यु सदावाहर युवा क्लव वलिथुम– २ टारीको चौथो वार्षिकोत्सव तथा  हरितालिका तिजकोा अवसरमा आयोजना गरेको खुल्ला तीज गीता  प्रतियोगिता  सम्पन्न गरेको छ ।

 सहभागि चार टिम मध्ये कालिका युवा क्लव पराल्मी प्रथम भएको छ ।  हिमालय युवा क्लव वलिथुम दृतिय र नरहरी कँडेल मावि वलिथुम तृतिय भएका छन् ।  स्थानिय जेष्ठ नागरिक नेत्रलाल गौतमको अध्यक्षता रहेको कार्यक्रममा स्थानिय शिक्षक वुद्धिजिवीहरु  पनि सहभागी थिए ।  क्लवका अध्यक्ष सुरेश कँडेलका अध्ययक्षता  रहेको कार्यक्रममा  सचिव निर्मल गौतमको सञ्चालन रहेको हाम्रा प्रतिनिधी  मोहन गौतमले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला