प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै मरासीनीले भने–स्थापना सरकारले तलव भत्ता वृद्धि गरे पनि अहिलेको महँङ्गी अनुसारको सुविधा दिन सकेको छैन् , यस प्रति पनि सोचिन जरुरी छ ।

जिल्ला न्यायधिश मरासीनीले राष्ट्र सेवक कर्मचारीहरुले आफ्नो हकहितको मात्रै कुरा नगरेर आफ्नो कर्तव्य परायणतालाई कहिल्लै भुल्न नहुने कुरामा जोड दिएका थिए । कार्यक्रममा विशेष अतिथी स्थानि विकास अधिकारी डिलाराम पन्थीले अव बन्ने स्थानिय निकायमा कर्मचारीको संरचनाका वारेमा कार्यपत्र पस्तुत गरेका थिए ।

स्थानिय विकास अधिकारीको कार्यपत्रको प्रमुख कोष नियन्त्रक शशीराम खातीले टिप्पणी गरेका थिए । सम्पुर्ण राजनैतिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्तले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्की लगायतका राजनैतिक दलका नेताहरुको सहभागीता थियो ।

‘सेवामैत्री र जवाफदेही प्रशासन , संघियतामा सुशान ’भन्ने मुलनाराका साथ आयोजित कार्यक्रममा स्थानिय निकाय कर्मचारी संघका अध्यक्ष शंकरप्रसाद गौतम , शैक्षिक संस्थाहरुको तर्फबाट क्याम्पस प्रमुख ढुण्डीराज पोखरेल, नागरिक समाजको तर्फबाट अध्यक्ष पदम पाण्डे, नेपाल पत्रकार महासंघबाट सचिव तारा भुसाल , आधिकारीक टे«ड युनियनका अध्यक्ष जयश्वर पन्थी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

निजामती सेवा दिवस मुल समारोह समितिले सेवा निवृत्त जेष्ठ कर्मचारी तम्घासका ८८ वर्षिय केशरबहादुर थापा र सेवारत सवै भन्दा कान्छा कर्मचारी तम्घास सिमलटारी प्युठान सडक आयोजनाका सव ईन्जिनियर दिनेश राज ओझालाई सम्मान गरेको थियो ।

त्यस्तै दिवसको अघिल्लो दिन व्याडमिण्टन र हाँजिरी जवाफ प्रतियोगितामा प्रथम , दृतिय, तृतिय र सन्तवान हुने कर्मचारी र कायार्यलयहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

भव्य समारोहका विच आयोजित कार्यक्रमका सहभागी अतिथीहरुलाई सम्मान प्रकट गर्दै मुल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले कर्मचारीहरु जनताको साशक नभई सेव बन्नु पर्ने कुरामा आफुहरु दत्तचित्त रहेको बताएका थिए ।

उनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीको स्वागत मन्तव्य र प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको सञ्चालन रहेको थियो ।

September 7, 2016
गुल्मी - GLM, समाज
महँङ्गी अनुसारको सेवा सुविधा भएन्ः जिल्ला न्यायधिश
By kit
6 मिनेट पढाइ