२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गोकुलेश्वरवासीलाई सधैँ खानेपानीको पीडा

२०७९, २६ असार आईतवार ०८:२६

असार २६, बैतडी | बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाकाे दोस्राे ठुलो सहर हाे । यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका साखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालय छन् । निकै व्यस्त व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा केही सुविधा सम्पन्न होटल तथा पसल पनि छन् । 

सुविधायुक्त शहरकाे रूपमा विकास हुँदै गइरहे पनि गाेकुलेश्वरमा खानेपानीकाे समस्या भने विकराल छ । महाकाली राजमार्ग छेउमा रहेको गोकुलेश्वर बजारको तलपट्टी चौलानी नदी छ । तर, बजारमा खानेपानीको सधैँ समस्या छ । गाेकुलेश्वर बजारका व्यापारीहरू चार किलोमिटर टाढाबाट पानी ल्याएर गुजारा गरिरहेका छन् भने सरकारी निकाय पानी व्यवस्थापनमा मौन छ । 

बैतडी घर भएका व्यापारी महेश नाथले भने, 'हाेटल सञ्चालनका डेढ किलोमिटर पाइप जोडेर घरैबाटै पानी ल्याएको छु ।' अर्का व्यापारी मोहनसिंह भण्डारीले अढाई किलोमिटर टाढा रहेको सिन्याडी खोलाबाट निजि लगानीमा पानी ल्याएको बताए ।

निजी लगानीमा धारा बनाउन नसक्नेहरूले भने चौलानी नदीकै दुषित पानी प्रयोग गरिरहेका छन् । १० बर्षअघि आग्री गाडखोलाबाट गोकुलेश्वर बजारमा पानी ल्याइएकोमा उक्त योजना पूरा नहुँदै बिग्रिएको स्थानीय तिलक धामीले बताए । 

गोकुलेश्वर बजारका करिब दुई दर्जन व्यापारीले आ–आफ्नै तरिकाले पानी ल्याएर प्रयोग गर्दा मुहानहरू क्षयीकरण हुन लागेको नागरिक अगुवा सुरेश श्रेष्ठ बताउँछन् । उनले भने, 'व्यवस्थित रुपले पानीको प्रयोग नगर्दा मुहान सखाप हुन्छ । बढी पानी ल्याएका व्यक्तिको धाराबाट दिनभर खेर गइरहन्छ । तर, बजारमा ल्याएर पानी खेर जानुभन्दा मुहानमै बगे मुहान सुक्नबाट बच्नेथियो । अन्धाधुन्द प्रयोग गरिँदा भविष्यमा मुहान नै सखाप हुन्छ । त्यसैले खानेपानीको व्यवस्थित योजना बनाउनु जरुरी छ ।” 

गोकुलेश्वर बजारको खानेपानी व्यवस्थित गर्न आगामी आर्थिक बर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्तरीय खानेपानी समन्वय समितिले उक्त कार्यविधि तयार गर्ने शैल्यशिखर-५ का वडाअध्यक्ष जनक डाँगाले बताए । 'नीति तथा कार्यक्रममा समावेश गरेका छौँ, समन्वय समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम अगाडि बढाउछौँ,' उनले भने ।

यसअघि पाँच वर्षे कार्यकाल बिताएको निर्वतमान नगर सरकारले गोकुलेश्वर बजार व्यवस्थित गर्न कुनै चासो नदेखाएको स्थानियबासीको गुनासो छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन