चन्द्र नहरमा डुबेर एक वृद्धको मृत्यु

साझासवाल
1 Min Read

असार ३२, सप्तरी | सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेका छन् ।

शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले राति थाहा पाए लगतै प्रहरीलाई खबर गरेको स्थानीयले बताए।

खबर भएसँगै प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा शनिवार बिहान ७ बजे उनको शव मृत अवस्थामा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ।

मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ । सदा वर्षौँदेखि गाउँभरिका गाईबस्तु चराउने काम गर्दै आएका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply