२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

युवा गठबन्धनद्धारा जरिवाना नलिन यातायात कार्यालयलाई ज्ञापन पत्र

२०७२, ३ फाल्गुन सोमबार ०९:२९

फागुन ३, बीरगंज । मधेस आन्दोलन बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल
यातायात व्यवस्था कार्यालयमा संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले ज्ञापन पत्र बुझाएका छन्

बिगत ६ महिना देखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हडताल
र नाकाबन्दले यस भेगमा बसोबास गर्ने आम नागरिकहरुको जन जिवन निकै नै कष्टपुर्ण हुनुको साथै आर्थिक
अवस्था निकै नै दयनिय भएको हुनाले बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक
इश्वर यादवको नेतृत्वमा गएको टोलीले कार्याल22य प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।

जारी मधेस
आन्दोलन कुनै जाती ,धर्म र समुदाय बिरुद्धको नभई तराई मधेसमा बसोवास गर्ने सम्पुर्णको अधिकार र पहिचानको
लागि हो । आन्दोलनमा हरेक जातजाती,धर्म र समुदायको व्यक्तिहरुले आ आफनो तरिकाले एक्यवद्धता जनाउनुको
साथै मधेसको माँगहरु पुरा गर्न सरकार एवं प्रमुख दलहरुलाई दवाव दिदै आएका छन् ।सोही अनुरुप आन्दोलन अवधि
भरि आर्थीक अवस्था निकै नै कष्टपुर्ण भएको मध्य नजर गर्दै यातायात कार्यालयले बन्द अवधि भरिको जरिवाना
नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो । साथै आम जनभावनाको कदर नगरिए हामी
कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना नहोस भनी चेतावनी समेत दिएको थियो ।
11

साथै टोलीले नारायणी अञ्चल यातायात
व्यवस्थाको सवारी चालक कार्यालयका शाखा अधिकृत द्धय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापन पत्र
बुझाउदै मधेस बन्द अवधिको जरिवाना नलिन समेत ध्यानाकर्षण गराएको थियो । ज्ञापन पत्र बुझाउने टोलीमा युवा
गठबन्धन पर्साका सह संयोजक धर्मेन्द्र पटेल, सचिव रोशन कुमार, सल्लाहकार ओम प्रकाश सर्राफ, जिल्ला सदस्य
फिरोज बादशाह, विनोद पटेल, क्षेत्र नं. २ का संयोजन अशरफ अलि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता