भदौ २३, वीरगंज  । ३७ औं अन्र्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालयले प्रभातफेरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २३, वीरगंज  । ३७ औं अन्र्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालयले प्रभातफेरी "/>
2026-06-25 06:56 PM
पर्सा - PRS

राष्ट्रिय शिक्षा दिवस वीरगंजमा पनि मनाईयो

भदौ २३, वीरगंज  । ३७ औं अन्र्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालयले प्रभातफेरी एवं शिक्षा प्रेमीलाई सम्मान गरेको छ । वीरगंज नगर क्षेत्रमा रहेका सामुदायिक एवं निजी बिद्यालयका बिद्यार्थीहरुले समृद्ध राष्ट्रको बिकास जीवन उपयोगि शिक्षामा लगानी भन्ने मुलनाराका साथ घण्टाघरबाट शुरु गरेको प्रभातफेरी  नगर परिक्रमा गरी त्रिजुद्ध उच्च मा.बिको सभाहलमा गई समापन भएको थियो ।

त्रिजुद्ध उच्च माबिमा भएको सम्मान कार्यक्रममा पर्सा जिल्लामा शिक्षा क्षेत्रमा योगदान पुरयाएका आठ जना व्यत्तित्वहरु सम्मानित भएका थिए । नेपाल सरकार शिक्षा मन्त्रालयले हरेक वर्ष शिक्षा क्षेत्रमा कार्य गरेका व्यत्तित्वहरुलाई शिक्षा दिवसकै दिन सम्मान गर्ने गरेको हो । जिल्ला शिक्षा कार्यालय पर्साले आयोजना गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत बिनय कुमार श्रीवास्तवले शिक्षा क्षेत्रको बिकासका लागि राज्य एवं स्थानिय सरोकारवालाहरु जिम्मेवार हुन जरुरी रहेको र आ आफनो क्षेत्रबाट ईमन्दारीपुर्व कार्य गरे मात्र समृद्ध राष्ट्रको कल्पना गर्न सकिन्छ ।

प्रमाणपत्र एवं पदकबाट बाट सम्मानित हुनेहरु जिल्ला शिक्षा कार्यालय पर्साका बिनि शिवजी प्रसाद,त्रिजुद्ध उच्च माबिका किरण तम्राकार,नृसिंह उच्च मा.बि पिपराका चन्देश चौहान, सृजना शान्ति प्रा.बि.का बिन्देश्री पटेल त्यस्तै प्रंशसा पत्र बाट सम्मानित हुनेमा नेरा उच्च माबि ठोरीका श्रीराम प्रसाद कुँवर, शिक्षा प्रेमी जनक महतो, दिव्य कन्या मा.बि बिरञ्जीवर्वाका प्र.अ रामजतन प्रसाद ,श्री रारा चौरसिया मा.बि झौवागुठीका राजेश्वर चौरसिया सहित गत बर्ष मधेस आन्दोलनका कारण कार्यक्रम हुन नसकेकोले आजै सो बर्षका पदक प्रमाणपत्र बाट सम्मानित हुनेहरु माईस्थान बिद्यापिठका प्रअ बिनोद मेहता, त्रिजुद्ध उच्च मा.बिका बिधिचन्द्र सहनी , जिल्ला शिक्षा कार्यालय पर्साका श्रोत व्यक्ति शोभा शर्मा रिजाल, पशुपति निमाबि पर्साका शिक्षक भागीरथी चौधरी, नेरा प्रा.बि मधुवनीका भुपेन्द्र तिवारी र प्रंशसा पत्रबाट सम्मानित हुनेमा पन्नालाल उच्च मा.बि.का अध्यक्ष कृष्णा कुमार कलवार, सोमल माबि गहवाका शिक्षक रामसुन्दर चौधरी,माउण्ट एडमाउण्ट माबिका अध्यक्ष अर्जुन शम्सेर जबरा लाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत बिनय श्रीवास्तव र बिभिन्न शिक्षक संगठनका अगुवाहरुले सम्मान गरेका थिए ।

जिल्ला शिक्षा कार्यालय पर्साका निमित प्रमुख हरी राउत कुर्मीको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा प्रहरी निरिक्षक जिवनलाल चुडाली, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य वृजमोहन तिवारी, नेपाल शिक्षक संघ पर्साका तिर्थराज यादव, नेपाल शिक्षक मंच पर्साका दिनेश चौरसिया, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसनका लक्ष्मन साह, प्याब्सन पर्साका अध्यक्ष लालबाबु पटेल, नेपाल शिक्षक महासंघ पर्साका चन्देश चौहान, अगुवा नेताहरु हरेन्द्र चौरसिया, मन्जु मिश्रा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला शिक्षा कार्यालय पर्साका बिनी आशा गौतमले स्वागत मन्तव्य एवं माईस्थान बिद्यापिठका प्रधानाध्यापक बिनोद मेहताले सहजीकरण गरेका थिए । यसैबिच त्रिजुद्ध स्कुलमा आयोजना गरिएको सम्मान कार्यक्रममा वीरगंजका क्रियाशिल पत्रकार एवं एनपीडेली न्युज अनलाईनका सम्पादक संतोष पटेललाई शिक्षा क्षेत्रमा योगदान पुरयाएको हुनाले प्रशंसा पत्रबाट प्रमुख अतिथी श्रीवास्तव ,निमित  जिशिअ हरी प्रसाद र बिद्यालय निरिक्षक आशा गौतमले सम्मान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ