Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 20, 2016 पर्सा - PRS, समाज

मुर्ली १५ मा सडक ढलान सम्पन्न, बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ संचालन हुने – सांसद यादव

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ८,
वीरगंज ।
पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज आफनो निर्वाचन क्षेत्रको जनता
संग भेटघाट संगै त्यस क्षेत्रमा भइरहेको बिकास निर्माणको कार्यको स्थलगत निरिक्षण गरेका छन् । सोही
क्रममा यादवले आज वीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुर्ली वडा नं. १५ मा निर्माण भइरहेको सडकको
अवलोकन गरेका हुन ।

parsa 2

मुर्ली १५ स्थित नेपाल
टेलिकमको क्षेत्रिय कार्यालयको पुर्व पट्टीको सडक ढलान गरिएको हो । ढलान सडक निरिक्षण गर्दै यादवले बिगत
६ महिना देखि ठप्प रहेको पर्साको बिकास निर्माणका कार्यहरु अब तदारुकताका साथ सम्पन्न हुने बिश्वास
व्यक्त गरेका थिए । सो अवसरमा नेकपा एमाले वडा नं. २६ का वडा अध्यक्ष लालबाबु यादव (अनिल), एमालेका
स्थानिय नेताहरु मुन्ना कुशवाहा,दिनेश पटेल लगायतको सहभागिता रहेको थियो ।