कृष्ण खनाल । भदौ २५, बुटवल । तीजको दरखाने दिनभन्दा एक दिन अगाडी टा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल । भदौ २५, बुटवल । तीजको दरखाने दिनभन्दा एक दिन अगाडी टा"/>
2026-09-18 10:57 PM
रुपन्देही - RPD

नगरमै हप्तादिन देखि अध्याँयारो

कृष्ण खनाल । भदौ २५, बुटवल । तीजको दरखाने दिनभन्दा एक दिन अगाडी टान्सर्फमर जलेको कारण अध्यारोमै तीजदर खान बाध्य भएका रुपन्देहीको सैनामैना नगरपालिकाका स्थानियहरु अझै विजुली बाल्न पाएका छैनन् । सैनामैना नगरपालिका–४ परमेश्वर टोल, बर्माडाँडा, पिपलडाँडा र बक्सड डाँडाका स्थानियहरुले  साता दिन वित्दा समेत विजुली बलेको छैन ।

गत भदौ १७ गते शुक्रवार टान्सफर्मर जलेको कारण विद्युत विना अध्यारोमा बस्न वाध्य भएका स्थानियहरुले साता दिन सम्म पनि  नेपाल विद्युत प्राधिकरणले मर्मतकोलागि चाँसो नदेखाएको कारण अक्रोश व्यक्त गरेका छन् ।

सैनामैना–४ परमेश्वरटोलकी स्थानिय  हस्तकला उपाध्यायका अनुसार स्थानियहरुले मोवाईमा चार्ज सकिएको कारण नगरपालिका भित्रै सञ्चार विच्छेद भएको छ । कतिपय स्थानियहरुले नजिकै रहेको पर्रोहा परमेश्वर बोलबम धाममा गएर जेनेरेटरबाट मोवाई चार्ज गर्ने गरेका छन् । उनी भन्छीन्–‘एक सातासम्म पनि विद्युत प्राधिकरणलाई खबर गरेको वास्ता गरेको छैन, स्थानियहरु अध्यारोमा बस्न बाध्य भएका छन् ।’

नेपाल विद्युत प्राधिकरण बुटवल शाखाका अनुसार अहिले सैनामैना–४ रानिवगिया  क्षेत्रका ३ स्थानको टान्सफर्मर जलेको छ । बर्माडाँडा रहेको टान्सफर्मर, पिलडाँडामा रहेको टान्सफर्मर र बक्सड डाँडामा रहेको टान्सर्फर ओभरलोडको कारण जलेको हो । बर्मा डाँडामा रहेको टान्सर्फमर पुरै जलेको नभई २ वटा पेजले मात्रा काम गर्न छोडेको नेपाल विद्युत प्राधिकरण बुटवल शाखा प्रमुख नारायण प्रसाद प्रसाई बताउछन् । उनका अनुसार एक साता देखि टान्र्फमर मर्मतको काम गरिएको कारण विद्युत सूचारु गर्न सकिएको छैन । उनले विगतका दिनहरुमा टान्सफर्मर अतिरिक्त मर्मत संहार गरी राख्ने गरेको तर य पटकम भने धेरै स्थानमा टान्सर्फर जलेको करण स्टकमा राख्न नसकेको कारण थप समस्या भएको बताउछन् । उनीले भने–‘एक सता भयो, करिव १० दिन जतिमा हामीले मर्मत संहारको काम सकेपछि विद्यूत दिन्छौ, यसमा हामीलाई पनि चिन्दा लागेको छ  ।’

उनले टान्सर्फर जलेको या विग्रीएमा थप टान्र्फमर नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलले उपलब्ध गराउने गरेको भएपनि स्टक सकिएको कारण पुराना विग्रीएको टान्सर्फमर मर्मत संहारको काम भैरहेको र सकिना साथ जडान गरिने जानकारी दिए । उनका अनुसार अहिले केही टान्सफर्मरहरु विद्युत प्राधिकरणले बुटवलको नेपाल हाईड्रो ईलेक्टक्स कम्पनी एनएसी)लाई दिएको छ । कम्पनीले अहिले मर्मत संहारको का चलेको भन्दै, सबै काम सम्पन्न भएपछि मात्र उपलब्ध गराउने र लगेर तुरुत जडान गरिने प्राधिकरण बुटवलले जनाएको छ । प्रमुख पछाई भन्छन्–‘सोमबार सम्ममा सबै क्षेत्रमा जलेका टान्सर्फरलाई नयाँ राखि विद्युत सूचारु गर्दछौं ।’

उनले विभिन्न स्थानहरु घर निर्माणकोको काम सञ्चालन भैरहेको तर सिमिति स्रोतबाट बढि विद्युत प्रवाह हुँदा लोड बढिभएको कारण टान्सफर्मर पड्कीने, जल्ने र विग्रीने समस्या आएको हो । ‘नयाँ घर, नबनाऊ, विद्युत नबालौ भन्न हामीले मिल्दैन, स्रोत सिमित उपभोत्ताको माग बढि भएको कारणले गर्दा थप  समस्या छ ।’– उनले भने ।  यो महिनामा यस क्षेत्रमा करिव ७ वटा भन्दा बढि टान्सफर्मर जलेको विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई