२६ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५५ वर्षको उमेरमा एक कक्षामा भर्ना

२८ श्रावण २०७९, शनिबार ११:००

साउन २८, सिमकोट | सिमकोट गाउँपालिका –३ को गुम्वा गाउँँकी ५५ वर्षीया एक महिला कक्षा एकमा भर्ना हुनुभएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा वडा सदस्य निर्वाचित भएपछि कार्यपालिका सदस्यमा समेत निर्वाचित हुनुभएको सिमकोट गाउँपालिका –३ को गुम्वा गाउँकी नाक्साल लामा शैक्षिक सत्रअन्तर्गत कक्षा एकमा भर्ना गर्नुभएको हो ।


कार्यपालिका सदस्य भए पनि लामा लेखपढ गर्न सक्नुहुन्न । यस कारण धेरै कुरा थाहा नहुने हुँदा केही जान्न र बुझ्न कक्षा एकमा भर्ना भएको लामा बताउनुुहुन्छ ।

गाउँकै हिमगिरी प्राथमिक विद्यालयमा उहाँले भर्ना गर्नुभएको छ । जनप्रतिनिधि हुँदा सामान्य हस्ताक्षर गर्न र नाम मात्र लेख्ने लामा अहिले कखरा राम्रोसँग पढ्न र लेख्न सक्नुहुन्छ ।

उहाँले पढाइको महत्त्व बुझेर नै आफुले यो उमेरमा पढाइ सुरु गरेको र कतिसम्म सकिन्छ त्यति बेलासम्म अध्ययन गर्ने बताउनुुभयो । पढेर जागिर खाउँला वा अन्य केही गरौलाभन्दा पनि साक्षर बन्नकै लागि पढाइ सुरु गरेको उहाँको भनाइ छ ।

उहाँको कक्षामा चार जना साथी छन् । नजानेको कुरा साथीहरुसँग सोध्ने गरेको उहाँ बताउनुुहुन्छ । विद्यालयमा भर्ना भएसँगै किताब कापी पनि उहाँले पाउनुभएको छ ।

दिउँसो नातिनी उमेर समूहका साथीसँग उहाँ पढ्न बस्नुहुन्छ । तर, उहाँका छोरी क्याम्मालाई आमाले यो उमेरमा विद्यालय भर्ना गरे पढ्न थालेको मन परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति? इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार नेपालले थाईल्याण्डलाई दियो १४० रनको लक्ष्य थाइल्याण्डविरुद्व साना प्रवीणको शानदार अर्ध शतक तत्कालीन मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति जापान प्रकरण: काठमाडौँ ल्याइएसँगै लिलाबल्लभ अधिकारीको म्याद थप प्रक्रिया सुरु, अदालतमा पेश रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति कालीकोटमा जीप दुर्घटनामा ८ जनाको मृत्यु जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो: डीपी अर्याल ‘एनपीएल’ विवाद: सर्वोच्चले अन्तरिम आदेश नदिएपछि एनपीएल आयोजना गर्न बाटो खुला