भदौ ३, महोत्तरी | संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् ।

मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जानकारी दिए । युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन्। बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कर्मचारीलाई बलात्कारको प्रयास गर्ने सहकारीका म्यानेजर पक्राउ
Leave a Comment