२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संचारगृहमा आक्रमण र संचारकर्मीलाई धम्की बढेकोमा पत्रकार महासंघको आपत्ति

२०७२, ९ फाल्गुन आईतवार १४:२२

फागुन ९, वीरगन्ज ।

दोषीलाई काड कारवाही
नहुने आन्दोलनमा उत्रने चेतावनी

वीरगन्जका बिभिन्न संचारगृहमा आक्रमण तथा चोरी र
संचारकर्मीमाथि धम्कीको श्रृखला बढेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आपत्ति जनाएको छ

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको पत्रकार
महासंघको पदाधिकारी,कार्य समिति सहितको पर्साका संचारकर्मीहरुको टोलीले त्यतिबेला निमित्त रहेका प्रहरी
उपरीक्षक हामेन्द्र बोगटीलाई भेटी संचारगृह र संचारकर्मीहरुले झेल्न परेको सुरक्षा संवेदनशिलताबारे
आपत्ति जनाएको हो । पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अगुवाईमा रहेको टोलीले बोगटीलाई
भेटी शनिबार मध्य रातमा वीरगन्जबाट प्रसारण हुने नारायणी एफएममाथि भएको आक्रमण बारे चिन्ता जनाउदै
तत्काल घटनामा संलग्न दोषीलाई पक्राउ गरी कडा कानुनी कारवाहीको माग गरेको छ ।

यसरी नै वीरगन्जबाटै प्रकाशित हुने राष्ट्रिय साहारा दैनिकका प्रकाशक तथा सम्पादक
चन्द्रभूषण साहलाई समाचार लेखेकै कारण धम्की खेप्न परेको घटनाले पर्साका संचारकर्मीहरुलाई आक्रोशित
बनाएको सो अवसरमा अध्यक्ष बन्जराले बताएका छन् । वीरगन्जबाटै प्रसारण हुने बिन्दास एफएममा भएको चोरीका
बिषयमा पनि प्रहरी उपरीक्षको ध्यानाकर्षण अध्यक्ष बन्जराले गराएका थिए । सबै घटनामा संलग्न दोषीहरुलाई
नतत्काल पक्राउ गरी कारवाही नगरे आफूहरु कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत बन्जराले दिएका
छन् ।

टोलीमा सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोबिन्द
देवकोटा,पीडित पत्रकार चन्द्रभूषण साह,पत्रकार महासंघ पर्साका उपाध्यक्ष धुब्र साह,सचिव कृष्णउदास
खनाल,सहसचिव शेखर छतकुली,कार्य समितिका सदस्यहरु निरंजन मिश्र,संजिव मिश्र,प्रेस चौतारीका केन्द्रीय
लालबावु शेख,प्रेस युनियनका केन्द्रीय बिजय कुशवाहा,पूर्व अध्यक्ष दीपेन्द्र चौहान,पूर्व अध्यक्ष केसी
लामिछाने,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नीरज पिठाकाटे लगायतका पर्साका पत्रकारहरुको सहभागिता
रहेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले
बिभिन्न संचारगृहमाथि आक्रमण,संचारकर्मीमाथि धम्कीको श्रृखला बढेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
। आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले नारायणी
एफएम वीरगन्जमा भएको घटनामा संलग्नहरुलाई कडा कानुनी कारवाहीमो माग गरेका छन् भने राष्ट्रिय साहारा
दैनिकका प्रकाशक तथा सम्पादक चन्द्रभूषण साहलाई धम्की दिनेहरुलाई कडा कानुनी कारवाही गर्न स्थानीय
प्रशासनसंग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ