भदौ ७, दाङ | दाङमा मंगलवार बिहान बन्दकर्ताले आगजनी गरेको भनिएको टिपरमा चालक र सहचालक आफैले आगो लगाएको खुलेको छ।

बन्दको मौका छोपेर बीमा रकमको लोभमा घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिपरमा आज बिहान साढे ४ बजेतिर आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। एसपी काफ्लेका अनुसार गाडीधनीको सहमतिमा टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपरमा आगो लगाएको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

चालक र सहचालक राप्ती गाउँपालिका वडा नम्बर ५ का हुन्। आगजनी भएको खबर पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे थप अनुसन्धान गरेको थियो।

आगजनीबाट टिपरको अगाडिको भाग जलेर क्षति भएको छ। अनुसन्धानका क्रममा चालक र सहचालकमाथि नै शंका लागेपछि प्रहरीले उनीहरुलाई नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । घोराही(लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनलाई नियन्त्रणमा लिएको थियो ।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । टिप्पर चालकले पाँच(छ जनाको समुहमा आएका बन्दकर्ताले आगजनी गरेको बताएका थिए ।

यता नेकपा दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगगजनिमा आफूहरुको संलग्नता नरहेको बताए ।

नेपाल बन्दकाे माैकामा बीमा रकम असुल्न आफ्नै टिपरमा आगजनी
Leave a Comment