महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

साझासवाल

भदौ ८, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा गएराती मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन । उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो ।

गएराती सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

फरार रहेको मोटरसाइकलमा पछाडी सवार महोत्तरीको गौशाला नगरपालिका–१ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

दुर्घटना पश्चात मोटरसाइकल लिएर फरार रहेका दुई जनाको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

Leave a Comment

Leave a Reply