२५ असार २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संचारगृहमा आक्रमण र संचारकर्मीलाई धम्की बढेकोमा पत्रकार महासंघको आपत्ति

९ फाल्गुन २०७२, आईतवार १४:२२

फागुन ९, वीरगन्ज ।

दोषीलाई काड कारवाही
नहुने आन्दोलनमा उत्रने चेतावनी

वीरगन्जका बिभिन्न संचारगृहमा आक्रमण तथा चोरी र
संचारकर्मीमाथि धम्कीको श्रृखला बढेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आपत्ति जनाएको छ

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको पत्रकार महासंघको
पदाधिकारी,कार्य समिति सहितको पर्साका संचारकर्मीहरुको टोलीले त्यतिबेला निमित्त रहेका प्रहरी उपरीक्षक
हामेन्द्र बोगटीलाई भेटी संचारगृह र संचारकर्मीहरुले झेल्न परेको सुरक्षा संवेदनशिलताबारे आपत्ति जनाएको
हो । पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अगुवाईमा रहेको टोलीले बोगटीलाई भेटी शनिबार
मध्य रातमा वीरगन्जबाट प्रसारण हुने नारायणी एफएममाथि भएको आक्रमण बारे चिन्ता जनाउदै तत्काल घटनामा
संलग्न दोषीलाई पक्राउ गरी कडा कानुनी कारवाहीको माग गरेको छ ।

यसरी नै वीरगन्जबाटै प्रकाशित हुने राष्ट्रिय साहारा दैनिकका प्रकाशक तथा सम्पादक चन्द्रभूषण
साहलाई समाचार लेखेकै कारण धम्की खेप्न परेको घटनाले पर्साका संचारकर्मीहरुलाई आक्रोशित बनाएको सो
अवसरमा अध्यक्ष बन्जराले बताएका छन् । वीरगन्जबाटै प्रसारण हुने बिन्दास एफएममा भएको चोरीका बिषयमा पनि
प्रहरी उपरीक्षको ध्यानाकर्षण अध्यक्ष बन्जराले गराएका थिए । सबै घटनामा संलग्न दोषीहरुलाई नतत्काल
पक्राउ गरी कारवाही नगरे आफूहरु कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत बन्जराले दिएका छन्

टोलीमा सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोबिन्द
देवकोटा,पीडित पत्रकार चन्द्रभूषण साह,पत्रकार महासंघ पर्साका उपाध्यक्ष धुब्र साह,सचिव कृष्णउदास
खनाल,सहसचिव शेखर छतकुली,कार्य समितिका सदस्यहरु निरंजन मिश्र,संजिव मिश्र,प्रेस चौतारीका केन्द्रीय
लालबावु शेख,प्रेस युनियनका केन्द्रीय बिजय कुशवाहा,पूर्व अध्यक्ष दीपेन्द्र चौहान,पूर्व अध्यक्ष केसी
लामिछाने,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नीरज पिठाकाटे लगायतका पर्साका पत्रकारहरुको सहभागिता
रहेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले बिभिन्न
संचारगृहमाथि आक्रमण,संचारकर्मीमाथि धम्कीको श्रृखला बढेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार
एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले नारायणी एफएम
वीरगन्जमा भएको घटनामा संलग्नहरुलाई कडा कानुनी कारवाहीमो माग गरेका छन् भने राष्ट्रिय साहारा दैनिकका
प्रकाशक तथा सम्पादक चन्द्रभूषण साहलाई धम्की दिनेहरुलाई कडा कानुनी कारवाही गर्न स्थानीय प्रशासनसंग
माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय क्रिकेटर दयालविरुद्ध यौन दुर्व्यवहारको आरोप त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे सोबिताको टिप्पणी,एमालेको आपत्ति प्रमाण दिन चुनौती अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ इयुले बेइजिङ शिखर सम्मेलनमा चीनसँग व्यापार ‘पुनः सन्तुलन’ खोज्ने करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह संवैधानिक परिषद्लाई समावेशी र ठीक ढङ्गले चलाउनुपर्नेमा जोड ‘सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ’: उद्योगमन्त्री दामोदर भण्डारी उद्धार व्यवस्थित र प्रभावकारी बनाउन सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, २६८३.८६ विन्दुमा कायम मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड अमेरिकासँगको ‘नरम’ धारणाका कारण इरानी राष्ट्रपतिको आलोचना गाजामा पाँच इजरायली सैनिकको मृत्यु देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको : कुलमान घिसिङ