2026-09-11 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संचारगृहमा आक्रमण र संचारकर्मीलाई धम्की बढेकोमा पत्रकार महासंघको आपत्ति

फागुन ९, वीरगन्ज ।

दोषीलाई काड कारवाही
नहुने आन्दोलनमा उत्रने चेतावनी

वीरगन्जका बिभिन्न संचारगृहमा आक्रमण तथा चोरी र
संचारकर्मीमाथि धम्कीको श्रृखला बढेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आपत्ति जनाएको छ

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको पत्रकार महासंघको
पदाधिकारी,कार्य समिति सहितको पर्साका संचारकर्मीहरुको टोलीले त्यतिबेला निमित्त रहेका प्रहरी उपरीक्षक
हामेन्द्र बोगटीलाई भेटी संचारगृह र संचारकर्मीहरुले झेल्न परेको सुरक्षा संवेदनशिलताबारे आपत्ति जनाएको
हो । पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अगुवाईमा रहेको टोलीले बोगटीलाई भेटी शनिबार
मध्य रातमा वीरगन्जबाट प्रसारण हुने नारायणी एफएममाथि भएको आक्रमण बारे चिन्ता जनाउदै तत्काल घटनामा
संलग्न दोषीलाई पक्राउ गरी कडा कानुनी कारवाहीको माग गरेको छ ।

यसरी नै वीरगन्जबाटै प्रकाशित हुने राष्ट्रिय साहारा दैनिकका प्रकाशक तथा सम्पादक चन्द्रभूषण
साहलाई समाचार लेखेकै कारण धम्की खेप्न परेको घटनाले पर्साका संचारकर्मीहरुलाई आक्रोशित बनाएको सो
अवसरमा अध्यक्ष बन्जराले बताएका छन् । वीरगन्जबाटै प्रसारण हुने बिन्दास एफएममा भएको चोरीका बिषयमा पनि
प्रहरी उपरीक्षको ध्यानाकर्षण अध्यक्ष बन्जराले गराएका थिए । सबै घटनामा संलग्न दोषीहरुलाई नतत्काल
पक्राउ गरी कारवाही नगरे आफूहरु कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत बन्जराले दिएका छन्

टोलीमा सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोबिन्द
देवकोटा,पीडित पत्रकार चन्द्रभूषण साह,पत्रकार महासंघ पर्साका उपाध्यक्ष धुब्र साह,सचिव कृष्णउदास
खनाल,सहसचिव शेखर छतकुली,कार्य समितिका सदस्यहरु निरंजन मिश्र,संजिव मिश्र,प्रेस चौतारीका केन्द्रीय
लालबावु शेख,प्रेस युनियनका केन्द्रीय बिजय कुशवाहा,पूर्व अध्यक्ष दीपेन्द्र चौहान,पूर्व अध्यक्ष केसी
लामिछाने,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष नीरज पिठाकाटे लगायतका पर्साका पत्रकारहरुको सहभागिता
रहेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले बिभिन्न
संचारगृहमाथि आक्रमण,संचारकर्मीमाथि धम्कीको श्रृखला बढेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार
एक प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले नारायणी एफएम
वीरगन्जमा भएको घटनामा संलग्नहरुलाई कडा कानुनी कारवाहीमो माग गरेका छन् भने राष्ट्रिय साहारा दैनिकका
प्रकाशक तथा सम्पादक चन्द्रभूषण साहलाई धम्की दिनेहरुलाई कडा कानुनी कारवाही गर्न स्थानीय प्रशासनसंग
माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस