Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

By साझासवाल 3 मिनेट पढाइ

भदौ ९,  रौतहट | जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो ।

मन्त्रालयले खरिदार आर्चायको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आर्चायले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आर्चायले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आर्चायको हाजिर गराएको थियो । आर्चाय हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।

उक्त पत्रमा आर्चायलाई पुनः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाइयो, तर आर्चायलाई भने मन्त्रालयको निर्णय थाहा नै भएन ।

उनको हाजिर गराएको दुई घण्टा नबित्दै जिल्ला हुलाक कार्यालयमार्फत साउन २३ गतेकै मितिमा खरिदार आर्चायलाई नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति काठमाडाैँमा काज सरुवा गरेको पत्र प्राप्त भएपछि आश्चर्यमा परेको समन्वय समितिका निमित्त कार्यालय प्रमुख जगतप्रसाद साहले बताए ।

'मन्त्रालयले झुक्किएर होस् वा जानीजानी ठूलो गल्ती गरेको छ,' समन्वय समितिका प्रमुख साहले भने, 'हाजिर गराएको दुई घण्टा नबित्दै हुलाकमार्फत पुरानै मितिमा काज सरुवाको पत्र पाएँ ।'

यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडि नै उनको सरुवा भएको रहस्य खुलेको हो ।