बर्दियामा वडाअध्यक्षविरुद्ध बलात्कार आरोपमा जाहेरी

साझासवाल

भदौ १९, बर्दिया | बर्दियामा एक महिलाले करणी गरेको भन्दै वडाअध्यक्ष बिरुद्ध जाहेरी दिएकी छन् ।

बढैयाताल गाउँपालिका–३ का वडाअध्यक्ष लल्लन यादवविरुद्ध एक जना महिलाले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।

इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले करिब २९ वर्षीया महिलालाई वडा अध्यक्ष अहिरले जबर्जस्ती करणी गरेकोले कारबाहीका लागि जाहेरी दिएको बताए ।

जाहेरी दर्ता हुनासाथ वडाअध्यक्ष यादव फरार रहेको प्रहरीले बताएका छन् । उनको मोबाइल स्वीच अफ भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply