Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 13, 2016 पर्सा - PRS, समाज

वीरगन्जको विद्युत् प्राधिकरणमा एक करोड घाटा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, वीरगन्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा बढ्दै गएको विद्युत् चुहावटका कारण नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले प्रत्येक महिना एक करोड दुई लाख रुपैयाँ घाटा व्यहोर्दै आएको छ ।

हाल जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले प्रत्येक महिना १७ लाख युनिट विद्युत् खेर गइरहेको वितरण केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवले बताउनुभयो । ग्रामीणक्षेत्रमा बढ्दो विद्युत् चुहावटलाई असुरक्षाका कारण नियन्त्रण गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । कूल ५९ हजार ग्राहकलाई विद्युत सेवा पु¥याउँदै आएको प्राधिकरणले बन्द भएको वीरगन्ज चिनी काराखानासँग रु तीन करोड, कृषि औजार कारखानासँग दुई करोड तथा अन्य सरकारी कार्यालयसँग गरी रु २० करोडसहित ६७ करोड रुपैया बक्यौता रकम उठाउन नसकेको हो ।

प्राधिकरणले विद्युत् चुहावट गर्ने ६७ जना ग्राहकलाई कारबाही गरी आठ लाख ६१ हजार २५० तथा ४२५ जना ग्राहकको लाइन काटी रु दुई करोड ९१ लाख ३३ हजार रकम असुलेको प्राधिकरण प्रमुख श्रीवास्तवले बताउनुभयो । कालोसूचीमा रहेका २९ हजार ग्राहकसँग प्राधिकरणले ११ करोड ३२ लाख ६९ हजार ११४ रुपैयाँ उठाउन बाँकी रहेको छ । ९५ प्रतिशत रकम सङ्कलन गरे पनि ग्रामीण क्षेत्रमा हुने विद्युत् चुहावट भने असुरक्षाका कारण रोक्न नसकिएको बताइएको छ ।

विद्युत् पोलबाट हुकिङ गरी विद्युत् चोर्नेलाई कारबाही गर्न जाँदा ग्रामीणवासीले प्राधिकरण कर्मचारीलाई कुटपिट गर्ने गरेकाले यो समस्या आएको बताउनुभएको छ । प्राधिकरणसँग कर्मचारी तथा स्रोतसाधनको अभावका कारण हाल पर्सा जिल्लामा १९ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । वीरगन्ज उपमहानगरपालिकाले सडकबत्ती बालेबापत प्राधिकरणलाई १५ करोड ६२ लाख रुपैयाँ तिर्न नसकेको बताइएको छ । रासस