<p><b>भदौ २६, काठमाडौँ । </b>महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । <br></p><p>एउटै स्यालले एकै टोलका चार जनालाई टोकेको स्थानीयवासीको भनाइ छ । सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् । घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।</p>
महोत्तरीमा स्यालले टोकेर ४ जना घाइते
Leave a Comment

