Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ भदौ २८ गते, बिहान १०:०९ बजे रुपन्देही - RPD, समाज

स्रोत नखुलेको लाखौँको नगद सहित एक युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, काठमाडौँ । नेपाल भारत सिमा क्षेत्र रुपन्देहीको सुनौलीबाट स्रोत नखुलेको नगद ७२ लाख भन्दा बढी रकमसहित भैरहवाका एक युवा पक्राउ परेका छन् ।

भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा चेकजाँच गर्ने क्रममा सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् ।

सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली प्रहरी चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए  । सोमबार नेपाली गाडीमा नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा स्रोत नखुलेको नगद सहित सुनार पक्राउ परेका हुन् ।