2026-09-11 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा अर्धनग्न अवस्थामा महिलाको शव फेला

भदौ २८, धनुषा | धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीया एक महिलाको शव भेटिएको छ । मंगलबार बिहान स्थानीयवासीले नहरको डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिला शहिदनगर नगरपालिका– ३, यदुकुहा बजार निवासी रहेको बताइएको छ । शवको प्राकृतिक हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिएको घटनास्थलमा पुगेका एक प्रहरीले जानकारी दिए । प्रहरी उपरीक्षक बसन्त रजौरेसहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ । प्रहरीका अनुसार लाश फेला परेको ठाउँमा अहिले प्रहरीले घेरा हालेको छ । धनुषा प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेका छन् । कुकुरले लाश सुँघेपछि गाउँतिर गएको छ । प्रहरीले कुकुरको मद्दतले घटनामा संलग्नको खोजी गर्दैछन् ।

‘बजारमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । मृतक महिला साँझ ६/७ बजे मेला हेर्न घरबाट निस्केकी थिइन्,’ मृतककी सासूले भनिन्, ‘अबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ भेटिएन, मेले हेरेर घर आउँछे होला भन्ने सोच्यौं तर बिहानै बुहारीको लास भेटिएको खबर पाएँ ।’

मृतकको घरबाट केही दूरीमा रहेको स्कुलमा सोमबार राति मेला र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । मेलाकै मौका छोपेर उनको बलात्कार गरी हत्या भएको हुन सक्ने स्थानीयले बताए ।  मृतक महिलाको ३ वर्षीया एक छोरी छिन भने उनको श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस