<p><b>असोज २, भक्तपुर | </b>एक बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर पक्राउ गरेका छन्।</p><p>जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ७ घर भएका १९ वर्षीय अशोक भन्ने अनीश भुजेललाई नियन्त्रणमा लिएको हो।उनले भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीमा रहेको एक म:म: एन्ड पिज्जा हाउसमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।</p><p>घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।</p>
September 18, 2022
भक्तपुर - BKT, समाज
भक्तपुरमा १३ वर्षीय बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










