असोज ११, दैलेख | दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली रहेका छन् ।

खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्रयाक्टरबाट हिजो बेलुकी ८ बजे नेपाली खसेका थिए ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको हो ।

ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ ।

Related News