४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

बिद्युत प्राधिकरण केन्द्र वीरगंजलाई ज्ञापन पत्र

२७ फाल्गुन २०७२, बिहीबार ०९:५६

फागुन २७, वीरगंज । संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साले आज नेपाल
बिद्युत प्राधिकरण केन्द्र वीरगंजमा ज्ञापन पत्र बुझाएको छ । गठबन्धनका संयोजक ईश्वर यादवको नेतृत्वमा
गएको टोलीले प्राधिकरणका निमित प्रमुख सुशान्त बास्तोला र सिनियर ईन्जिनियर मनोज कुमार साहलाई सो ज्ञापन
पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै यादवले जारी मधेस
आन्दोलनको स्वरुप परिवर्तन भइसक्दा पनि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र वीरगंजले अनावश्यक
लोडसेटिङ्ग गर्नुको साथै समय तालिका बिपरित गएर बिद्युत कटौती गरेको हुदाँ एस।एल।सी। परिक्षाको तयारीमा
रहेका बिद्यार्थीहरु बढी मारमा परेको बताए ।

birjung sajha sabal
गठबन्धनका सल्लाहकार ओमप्रकास सर्राफले वीरगंज लगायतका स्थानिय वासिन्दा एवं
संचारगृह समेत प्रभाबित भएको हुदाँ समयमै लोडसेटिङ्गको तालिका परिर्वतन गरी कम से कम बिद्युत कटौती गर्न
गठबन्धनले जोडदार माँग गरेको बताए । नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य अधिवक्ता अनिरुद्ध सिंहले
बिद्युत प्राधिकरणले समुदायको आधारमा भेदभाव नगर्न अनुरोध गर्दै आम जन भावनाको कदर नगरिए हामी कडा कदम
चाल्ने चेतावनी दिएका थिए ।

ज्ञापन पत्र बुझदै नेपाल
बिद्युत प्राधिकरणका निमित प्रमुख बास्तोलाले हामी यस बिषयमा गम्भिर रहेको र हामी क्षेत्रिय र माथिलो
निकायमा समेत पहल गर्ने बताएका थिए । ज्ञापन पत्र टोलीमा फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य संजय
यादव,गठबन्धनका प्रवक्ता एवं सदभावना पार्टी पर्साका सचिव कृष्णा प्रसाद कुर्मी, सह कोषाध्यक्ष भरत
सर्राफ,युवा गठबन्धन पर्साका सचिव रोसन कुमार,युवा नेता अनिल गुप्ता,बिष्णु पटेल,क्षेत्र नं। २ का
संयोजक असरफ अली, सह संयोजक रमेश सहनी,भोजपुरी गायक जितेन्द्र मुस्कान लगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त