Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बिद्युत प्राधिकरण केन्द्र वीरगंजलाई ज्ञापन पत्र

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, वीरगंज । संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साले आज नेपाल
बिद्युत प्राधिकरण केन्द्र वीरगंजमा ज्ञापन पत्र बुझाएको छ । गठबन्धनका संयोजक ईश्वर यादवको नेतृत्वमा
गएको टोलीले प्राधिकरणका निमित प्रमुख सुशान्त बास्तोला र सिनियर ईन्जिनियर मनोज कुमार साहलाई सो ज्ञापन
पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै यादवले जारी मधेस
आन्दोलनको स्वरुप परिवर्तन भइसक्दा पनि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र वीरगंजले अनावश्यक
लोडसेटिङ्ग गर्नुको साथै समय तालिका बिपरित गएर बिद्युत कटौती गरेको हुदाँ एस।एल।सी। परिक्षाको तयारीमा
रहेका बिद्यार्थीहरु बढी मारमा परेको बताए ।

birjung sajha sabal
गठबन्धनका सल्लाहकार ओमप्रकास सर्राफले वीरगंज लगायतका स्थानिय वासिन्दा एवं
संचारगृह समेत प्रभाबित भएको हुदाँ समयमै लोडसेटिङ्गको तालिका परिर्वतन गरी कम से कम बिद्युत कटौती गर्न
गठबन्धनले जोडदार माँग गरेको बताए । नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य अधिवक्ता अनिरुद्ध सिंहले
बिद्युत प्राधिकरणले समुदायको आधारमा भेदभाव नगर्न अनुरोध गर्दै आम जन भावनाको कदर नगरिए हामी कडा कदम
चाल्ने चेतावनी दिएका थिए ।

ज्ञापन पत्र बुझदै नेपाल
बिद्युत प्राधिकरणका निमित प्रमुख बास्तोलाले हामी यस बिषयमा गम्भिर रहेको र हामी क्षेत्रिय र माथिलो
निकायमा समेत पहल गर्ने बताएका थिए । ज्ञापन पत्र टोलीमा फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य संजय
यादव,गठबन्धनका प्रवक्ता एवं सदभावना पार्टी पर्साका सचिव कृष्णा प्रसाद कुर्मी, सह कोषाध्यक्ष भरत
सर्राफ,युवा गठबन्धन पर्साका सचिव रोसन कुमार,युवा नेता अनिल गुप्ता,बिष्णु पटेल,क्षेत्र नं। २ का
संयोजक असरफ अली, सह संयोजक रमेश सहनी,भोजपुरी गायक जितेन्द्र मुस्कान लगायतको सहभागिता रहेको थियो