Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

अन्र्तराष्ट्रिय राजनितिक गोष्टीको सम्पुर्ण तयारी पुरा ,भोली गोपाल मण्डली वीरगंजमा हुने

By साझासवाल

फागुन २८, वीरगंज । बुद्ध जानकी स्टडी सेन्टरको आयोजनामा भोली शनिबार
वीरगंजमा अन्र्तराष्ट्रिय राजनितिक गोष्टी हुने भएको छ । वीरगंज स्थित गोपाल मण्डलीको सभाहलमा फागुन २९
गते बिहान १०ः३० बजे हुने गोष्टीको सम्पुर्ण तयारी पुरा भईसकेको र भोली निर्धारित समयमै कार्यक्रम शुरु
हुने कार्यक्रमका संयोजक ओमप्रकास सर्राफले बताए ।

गोष्टीमा
भारत सरकारका पूर्व केन्द्रिय मन्त्री एवं भाजपाका बरिष्ठ नेता प्रो.डा. संजय पासवान,बिद्यायक प्रमोद
कुमार,प्रकास राय,अशोक वत्स,प्रभावशाली रंगनाथ पाण्डे, रामबाबु यादव,श्यामबिहारी प्रसाद,पुर्व अधिकारी
केबी उपाध्याय,समाजसेवी एवं बिश्लेशक र मधेस केन्द्रित दलका अध्यक्ष एवं प्रभावशाली
नेता,सांसद,केन्द्रिय तथा जिल्लास्तरीय नेता ,बौद्धिक जमात एवं बिश्लेषकहरुको समेत सहभागिता रहने संयोजक
सर्राफले बताए । गोष्टीको मुख्य उद्देश्य नै पौराणिक काल देखि चल्दै आएको नेपाल भारत सम्बन्धलाई अझ
सशक्त र सौर्हाद बनाउने तथा भारतको चेतनशिल वौद्धिक जमात एवं बिश्लेषकहरुको मधेस प्रतिको दृष्टिकोण र
बिचार आदान प्रदान गर्ने रहेको आयोजक समितीका सदस्य ईश्वर यादवले बताए ।

janaki
सो
गोष्टीबाट नेपाल र भारतको सम्बन्ध अझै बलियो र प्रगाढ हुने बिश्वास लिएको समितीका वरिष्ठ सदस्य बिजय
महासेठले बताए । भोली हुने अन्र्तराष्ट्रिय राजनितिक गोष्टी आयोजक समितीमा मिडिया प्रभारी संतोष
पटेल,सल्लाहकारहरु बिजय सरावगी,गणेश लाठ,प्रो.डा. दिपक शाक्य,अधिवक्ता सुरेन्द्र कुर्मी,प्रो.बाशुदेवलाल
दास ,समितीका सदस्यहरु प्रो. रन्जना झा,अशोक यादव,पण्डित पुरुषोत्म दुवे,अनिल गुप्ता,बिष्णु पटेल लगायत
रहेका छन् ।