2026-09-12 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

विदेशबाट फर्किएका युवालाई एक महिने सीप विकास तालिम

कात्तिक १, बारा | विदेशबाट फर्केका नेपालीलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षण परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ । एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो ।

बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे, निजगढ नगरपाकिलाकाका प्रमुख सुरथ पुरी एंव उपप्रमुख सोममाया थिङले सामग्री हस्तान्तरण गरेका हुन् । 

मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा रिटर्नी माइग्रेन्टको आयोजनामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ब्रिटिस काउन्सिल, युरोपियन युनियन र  युएनडिपीलगायत संस्थाहरूको सहयोगमा निजगढ र कोल्हबीमा विदेशबाट फर्किएका युवाहरूका लागि दिइएको एक महिने तालिम समापन कार्यक्रममा सामग्री वितरण गरिएको हो । 

युवाहरूलाई विद्युत, डकर्मी र धारा जडानसम्बन्धी तालिम दिइएको थियो । तालिमका लागि छनाेटमा परेको रौतहटस्थित साँझा व्यवसाय सीप विकास प्रालिले एक सय र सर्लाहीको उद्यमी विकास तथा रोजगार सृजना केन्द्रले ८० जना युवालाई तालिम दिएको थियो ।  तालिमपछि सहभागीहरूका स्किल टेष्ट गरिएको र उनीहरूले काम गर्ने औजारहरू वितरण गरिएको रिटर्नीका सचिव घिमिरेले जानकारी दिए । स्किल टेष्टमा सहभागी भएका युवाहरूलाई व्यावसायिक रूपमा काम गर्न संस्थाले आवश्यक सहयोग र परामर्श उपलब्ध गराउने सचिव घिमिरेले बताए । उनले तालिम प्राप्त युवाहरूलाई स्वरोजगार बनाउन स्थानीय सरकारले यथाशक्य सहयोग गर्नुपर्ने बताए ।

कोल्हबीमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी माइग्रेन्ट बारा जिल्ला अध्यक्ष दिपेन्द्र सुवेदी, समृद्धि नेपालका पुरन चौधरी र साँझा व्यवसायीका कार्यकारी निर्देशक सुरेशप्रसाद साह, उद्यमी विकास तथा रोजगार सृजना केन्द्रका निर्देशक हिमालय अधिकारीको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस