2026-09-11 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अन्र्तराष्ट्रिय राजनितिक गोष्टी वीरगंजमा सम्पन्न

फागुन २९, वीरगंज ।
बुद्ध जानकी स्टडी सेन्टरको आयोजनामा नेपाल भारत अन्तर सम्बन्ध एवं मधेस बिषयक बिचार गोष्टी
वीरगंजमा सम्पन्न भएको छ ।

गोपाल मण्डलीको सभाहलमा आयोजित
गोष्टीलाई सम्बोधन गर्दै भारत सरकारका पुर्व केन्द्रिय मन्त्री एवं भारतीय जनता पार्टीका बरिष्ट नेता
प्रो. डा. संजय पासवानले नेपाल र भारतको रोटी बेटी संगै रगतको सम्बन्ध रहेको बताएका थिए । कार्यक्रमका
प्रमुख अतिथी समेत रहेका पासवानले नेपाल र भारतको भौगोलिक ,साँस्कृतिक र समाजिक सम्बन्धलाई अझै प्रगाढ
बनाउनको लागि काठमाडौं र दिल्ली मात्र नभई बोर्डर छेउछाउमा समेत अन्तरक्रिया हुन जरुरी रहेको बताए

parsa 1

नेपालमा जारी मधेसीहरुको आन्दोलन सफल हुने र शहिदहरुको
सहादत खेर नजाने बताउदै पहिचान र अधिकारको आन्दोलन जायज रहेको बताएका थिए । कार्यक्रमका बिशिष्ट अतिथी
फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष एवं पुर्व सुचना तथा संचारमन्त्री राजकिसोर यादवले सरकार मधेस
आन्दोलनलाई बदनाम गर्ने र आन्दोलन तुहाउने खेलमा लागेको बताउदै आन्दोलन सफल नभए सम्म जारी रहने बताएका
थिए ।

मन्त्री यादवले सरकारले खोक्रो राष्ट्रवादको नारा
दिने तर आफनै देशका नागरिकले बिगत सात महिना देखि गरिरहेको अधिकार र पहिचानको आन्दोललाई वेवास्ता गर्नु
दुर्भा्ग्यपुर्ण रहेको बताउनु भयो । सरकार र प्रमुख दलहरु नसंलबादी चिन्तनबाट ग्रसित भएको कारण र
संबिधान पुर्नलेखन नगरे सम्म आन्दोलन नरोकिने बताउनु भयो । सदभावना पार्टीका सह अध्यक्ष एवं मन्त्री
लक्ष्मणलाल कर्णले सरकारले मधेसी मोर्चा संग वार्ताको नाममा नौटंकी मात्र गरिरहेको र मधेसी जनताको भावना
अनुरुप आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए ।

parsa 2
नेपाल
सदभावना पार्टीका महासचिव शिव पटेलले जारी मधेस आन्दोलन मुठीभर तस्करहरुले बदनाम गराए अब मधेसी जनताले
त्यस्ता भु माफिया र तस्करहरुलाई तह लगाउने बेला आएको बताउदै मधेसी मोर्चाका नेताहरुले समेत आत्म
समिक्षा गरी ईमन्दारीपुर्वक आन्दोलनमा सरिक भए जारी आन्दोलन सफल हुने बताएका थिए ।


गोष्टीमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बिजय सरावगी ,
मधेस चिन्तन प्रतिष्ठानका अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी,नागरिक समाजका अगुवा प्रोफेसर डा. दिपक
शाक्य,फोरम लोकतान्त्रिक पर्साको अध्यक्ष शशिकपुर मियाँ, तराई मधेस महिला संघकी केन्द्रिय सदस्य पिंकी
यादव,बनारसका बरिष्ठ पत्रकार रुपेश पाण्डे,बिहार बिश्व बिद्यालयका प्रध्यापक डा. अनिल पासवान ,नेपाल
पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, ईण्डो नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ता
लगायतकाले गोष्टीलाई सम्बोधन गर्दै नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत गर्न जोड दिएका थिए ।


मुल आयोजक समितीका बरिष्ठ सदस्य बिजय महासेठको सभापतित्वमा सम्पन्न
कार्यक्रम मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले सहजीकरण तथा स्वागत मन्तव्य युवा नेता ईश्वर
यादव र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक ओम प्रकास सर्राफले गरेका थिए । गोपाल मण्डलीमा आयोजित गोष्टीमा
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत,पुर्व राज्यमन्त्री करिमा
वेगम,वरिष्ठ पत्रकार चन्द्रकिसोर झा,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शितल महतो,वीरगंज उद्योग
वाणिज्य संघका पुर्व अध्यक्षद्वव गणेशलाठ र ओमप्रकास सिकारीया ,तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय
सदस्य एवं पुर्व सभासद आत्माराम साह,नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य अधिवक्ता अनिरुद्ध
सिंह,तराई मधेस महिला संघकि केन्द्रिय सदस्य रेखा कर्ण,मधेसी युवा समाजका केन्द्रिय अध्यक्ष अशोक
यादव,फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य संजय यादव,सदभावना महिला मंचकी उपाध्यक्ष मुनी
श्रीवास्तव,सुनचाँदी व्यवसायि संघ पर्साका अध्यक्ष निरज सर्राफ,ईन्जिनियर एसोसियसन पर्साका उपाध्यक्ष
बिनोद यादव,नेपाल वार एशोसिएसन पर्साका पुर्व अध्यक्ष पन्नालाल गुप्ता,प्रो. देवेन्द्र मिश्रा,एन आई
कलेजका वीरगंजका क्याम्पस प्रमुख बिनोद प्रसाद , दि राइजीङ्ग नेपाल पर्साका कार्यवाहक अध्यक्ष पंकज
पटेल,हिन्दुवादी नेता बिनय यादव,राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल, बिश्व
हिन्दू परिषदका पं. पुरुषोतम दुवे,राप्रपा नेपालका केन्द्रिय सदस्य देवनाथ उपाध्याय लगातको सक्रिय
सहभागिता रहेको प्रचार प्रसार प्रमुख दिपक सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस