होटलमा साथीसँगै सुतेका एक जना मृत फेला

साझासवाल

कात्तिक २, कञ्चनपुर | कञ्चनपुरमा होटलमा साथीसँगै सुतेका एक जना मृत फेला परेका छन्।

बुधबार महेन्द्रनगरस्थित रारा होटलमा साथीसँगै सुतेका किसन साउद मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले सँगै सुतेका साथीले खबर गरेपछि प्रहरीलाई घटनाबारे थाहा भएको बताए।

मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Comment

Leave a Reply