भदौ २९, प्यूठान । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, प्यूठान । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रम"/>
2026-11-02 01:47 AM
प्युठान - PTN

हत्याकाण्डको गोप्य सूचना दिनेलाई एक लाख पुरस्कार दिने

भदौ २९, प्यूठान । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रमोद पोखे्रलले बताउनु भएको छ । 

२०७१ चैत्र ५ गते प्यूठान जिल्ला ओखरकोट गाविस स्थित आहालखोलामा आफ्नै घरको करेसाबारीमा बमको धरापमा पारेर हत्या भएको थियो ।

सञ्चार उद्यमी तथा स्वर्गद्धारी राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक प्रमोद पोख्रेलले आफ्नो आमाको हत्या गर्ने हत्यारा पत्ता लगाउन सबैले सहयोग गर्न अनुरोध गर्नु भएको छ । पोखे्रलले पाचँ बर्ष अघि देखि प्रकाशन गर्दै आएको स्वर्गद्धारी दैनिक समेत घट्ना संगै बन्द भएको छ । 

तत्कालीन प्रधानमन्त्री शुसील कोइराला नेतृत्वको सरकारले घट्नाको सत्य तत्थ्य पत्ता लगाउन गृहमन्त्रालयका उपसचिब केसबराज आर्चायको नेतृत्वमा छानबिन समिती गठन गरेको थियो । समितिले आफ्नो प्रतिबेदन गृहमन्त्रालयलाई बुझायपनि उक्त प्रतिबेदन हालसम्म सार्बजनीक हुन सकेको छैन ् ।

उता जिल्ला प्रहरीकार्यालयले बमका टुक्रा संकलन गरी बम कुन प्रकृतीको हो भन्ने पत्ता लगाउन बिधिबिज्ञान प्रयोगशालामा पठाएको ल्याबरिर्पोट डेड्बर्ष हुदाँसमेत नआएको प्यूठानका प्रहरी प्रमुख रञ्जीत सिंह राठोरले बताउनु भएको छ । रिर्पोट नआउदा अनुसन्धान प्रकृयामा समेत असर परेको राठोरले बताउनु भयो । 

जिल्लामा आधादर्जन बढि हत्याका अपराधिहरु पत्ता लगाउन नसक्दा प्यूठानको सुरक्षा अबस्था कमजोर भएको जानकारहरु बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द