2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बिरामीको मृत्युपछि नागरिक अस्पताल दिनभर तनावग्रस्त

रमेश गिरी, भदौ २९, भक्तपुर । सामान्य पेट दुखेर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि आज दिनभर भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल दिनभर तनावग्रस्त बनेको छ । 

अस्पताल र चिकित्सकको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल खारेजी र चिकित्सकलाई ज्यान मुद्दा लगाउनुपर्ने माग गर्दै पीडित पक्षले अस्पताल घेराउ गरेकाले त्यहाँ दिनभर तनाव भएको हो । 

हिजो अपरान्ह पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई– ६ घर भई हाल लोकन्थली बस्दै आएकी २१ वर्षकी मीना विश्वकर्माको राति पौने १२ बजे मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल घेराउ गरेका हुन् । 

मृतककी श्रीमान् केशव बराइलीले अस्पताल र चिकित्सकको लापर्बाहीले श्रीमतीको ज्यान गएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–“सामान्य पेट देखेर उपचारका लागि ल्याएका थियौँ, अस्पतालमा नदुख्ने औषधि तेब्बर डोजसमेत दिइयो, बिरामीलाई गाह्रो हुँदै गएपछि अन्य अस्पतालमा लैजान खोज्दा समेत यही ठिक हुन्छ, भनेर राखियो, तर ढिला आएका चिकित्सकले समयमै उपचार नगर्दा मेरो श्रीमतीको ज्यान गयो ।” 

मृतककी आमाजु बिना बराइलीले चिकित्सक आउछ भनेर कुराएर राख्दा भाइबुहारीको ज्यान गएको आरोप लगाउँदै भन्नुभयो–‘दिउँसो १ बजे लगेको बिरामीलाई ‘आकास्मिक कक्षमै चिकित्सक आउँछन् पख्नुस् भनेर बिरामीको उपचारै नगरी तीनवटा इन्जेक्सन मात्रै दिएर राखे, समयमै उपचार नगर्दा बिरामीको मृत्युभयो ।’ 

बिरामीको मृत्यु भएलगत्तै रु २० हजार तिरेर शव लैजान अस्पतालले दबाब दिएको बताउँदै उहाँले भन्नुभयो“हामीलाई क्षतिपूर्ति चाहिँदैन, लापर्बाही गर्ने चिकित्सकद्वय निर्जला बजी तथा जमुना किरण पौडेललाई कारबाही र अस्पताल खारेज गर्नुपर्ने हाम्रो माग छ ।” 

भक्तपुर अस्पतालमा स्थायी दरबन्दीमा काम गर्दै आएकी प्रसूति रोग विशेषज्ञ डा पौडेल ५।३० बजे पुगेर उपचार सुरु गरेर आइसियुमा राखेपछि बिरामीको राति पौने १२ बजे मृत्यु भएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । अस्पतालका सुपरिटेन्डन प्रो डा राकेश बर्माले अस्पतालमा आएको बिरामीको सक्दो उपचार गरेको र उपचारमा खटिएका चिकित्सकको कमजोरी नरहेको दाबी गर्नुभयो । 

अस्पतालका निर्देशक सुरेश श्रेष्ठले उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्वीकार्दै भन्नुभयो–“यो अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामीको उपचार हुन्छ, यस्तो अस्पतालमा उपचारमा कहिलेकाहीँ बिरामीको ज्यान जान्छ, यो सामान्य हो, यसलाई गम्भीर रुपमा लिनुहुदैन।” 

आकस्मिक कक्षमा उपचारमा संलग्न डा बजीले प्रक्रिया अनुसार नै उपचार गरेको दाबी गर्दै एक महिनाको गर्भवती बिरामीको गर्भ पाठेघरभन्दा बाहिर गएको र रक्तस्राव भएकाले ज्यान गएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो“बिरामीका आफन्तले अन्य अस्पतालमा लान्छु भने पनि यही उपचार हुन्छ भनेर राखेका हौ, साँझ ५ बजे आउँछु भनेको डा पौडेल ढिला आउनुभयो, उहाँ आएलगत्तै थप उपचार सुरु गरेका हाँै, तर बचाउन सकिएन ।” 

डा पौडेलले भने भक्तपुर अस्पतालको सकेर आउँदा ढिला भएको बताउँदै बिरामीले एक महिना अगाडि खाएको विषको असर र चिकित्सकको सल्लाह विपरित बिहान बाहिरबाट किनेर खाएको औषधिले असर गरेकाले बिरामीको ज्यान बचाउन नसकिएको दाबी गर्नुभयो । 

मृतकका आफन्तले भने अस्पताल व्यवस्थापनका विभिन्न व्यक्तिले फोनबाटै क्षतिपूर्ति रकम लिएर शव लैजाउ, अस्पतालमा बबाल नगर भन्दै धम्की दिएको गुनासो गरेका छन् । 

मृतकको शव नबुझी कारबाहीको माग गर्दै दिनभर अस्पताल हाताभित्र आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेकाले प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर निकै स्थिति तनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई