2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

जारी संबिधान पुनः लेखन नगरे सम्म आन्दोलन नरोकिने – पुर्वमन्त्री राजकिसोर यादव

yadav 1फागुन ३०, वीरगंज । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिसोर
यादवले वीरगंजमा संचारकर्मीहरु संग कुरा गर्दै वर्तमान सरकार र प्रमुख दलहरुले जारी मधेस आन्दोलन
सम्बोधनको सट्टा तुहाउने फोहरी खेलमा लागेको आरोप लगाए ।


जारी मधेस आन्दोलनको क्रममा प्रमुख दलहरुले जारी गरेको संबिधान पुनः लेखन नगरे सम्म
आन्दोलन नरोकिने बताउदै मधेसका जनताहरु पुनः एक पटक निर्णायक आन्दोलनको लागि तयार हुनु पर्ने बताउनु भयो
। वर्तमान संबिधान आई.सि.यु. अवस्थामा रहेको र अधिकार र पहिचानको लागि भइरहेको मधेस आन्दोलनलाई सम्बोधन
नगरि सरकार टिकाउनमा मात्र प्रधानमन्त्री लागेको बताएका थिए ।


सात दलिय संयुक्त लोकतान्त्रि मधेसी मोर्चाका नेता समेत रहेका यादवले मोर्चा भित्रका ठुला
नेताहरु समेत निर्वाचन क्षेत्रलाई ध्यान नदिइ सम्रग मधेसलाई केन्द्र बिन्दु बनाई अन्तिम लडाईमा ध्यान
केन्द्रित गर्न आग्रह गरेका थिए ।सरकारले वार्ताको नाममा नौटंकी मात्र गरिरहेको बताउदै तराई मधेसमा मधेस
बिरोधी पार्टीहरुले सभा सम्मेलनको नाउमा आन्दोलन तुहाउने र सम्प्रदायिकता फैलाउने काम गरिरहेको बताएका
थिए ।

yadav
जारी मधेस आन्दोलनको क्रममा शहिद भएका एवं घाइते भएकाहरुको रगतको
कुर्वानी खेर नजाने बताउनुभयो । संचारकर्मीहरु संग संक्षिप्त कुराकानी गर्ने क्रममा फोरम गणतान्त्रिकका
केन्द्रिय सदस्य संजय यादव,पर्सा जिल्ला अध्यक्ष मुस्तकिम अंसारी,उपाध्यक्ष नुरु आलम अंसारी लगायतको
समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द