2026-06-25 07:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

५० लाख बराबरको तेलको ट्रक नियन्त्रणमा लिएर बिक्री गर्ने चार जना पक्राउ

कात्तिक ७, वीरगञ्ज | करिब ५० लाख मूल्य बराबरको तेल ट्रकसहित बीच बाटोमै बेपत्ता पारेर बिक्री गर्ने समूहलाई बारा प्रहरीले पक्राउ गरेको छ । 

परवानीपुर ५ बहुअरीस्थित मनोकामना आयल फुड प्रोसेसिङबाट २० हजार चार सय ७६ लिटर तेल लोड गरेर सिन्धुलीका लागि हिँडेको ट्रक बेपत्ता पारी तेल बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा ट्रकका चालकसहित चारजना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ट्रक चालक नुवाकोट शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने सुकमान नामाङ, रौतहट राजपुर नगरपालिका ६ घर भई गौर नगरपालिका १ बस्ने रमेश कुमार, रौतहट बृन्दावन नगरपालिका ६ बस्ने शेख कलाम, बृन्दावन नगरपालिका ८ बस्ने बैधनाथ साह तेलीलाई पक्राउ गरेको हो । 

असोज २८ गते परवानीपुरबाट प्र २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर सिन्धुलीको कमलामाईस्थित रोबिन सप्लायर्समा पुर्‍याउनुपर्ने भएपनि उक्त ट्रक बीच बाटोबाटै सम्पर्कविहीन भएपछि मनोकामना आयल फुड प्रोसेसिङले प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले कार्तिक ४ गते ट्रक चालक र त्यसपछि अन्यलाई पक्राउ गरेको हो । 

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले फोन रेकर्डका आधारमा ट्रक चालकलाई पक्राउ गरेपछि घटनामा संलग्न रहेका अन्यलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । वीरगन्जस्थित अंजनी क्यारियर्सबाट ढुवानी भएको उक्त ट्रक कार्तिक ५ गते बाराको सिम्रौनगढ नगरपालिकाको बजारमा वेवारिसे अवस्थामा फेला परेको थियो । 

सिन्धुली नगएर बीचमा बेपत्ता भएको उक्त ट्रकको तेल भने रौतहटको गौर नगरपालिका वडा नं. १ स्थित रमेश कुमारले भण्डारण गरेको अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरीले उक्त स्थानबाट तीन हजार एक सय ७० लिटर तेल र एक सय ५९ थान खाली कार्टुन फेला पारेको हो । 

प्रहरी उपरीक्षक बोगटीले प्राप्त प्रमाणका आधारमा तेल चोरी गरी बिक्री गरेको पाइएकाले चारजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ