पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १३, जनकपुरधाम। मधेश प्रदेशमा छठको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनकपुरधामले छठको पारन अर्थात उदाउँदो सुर्यलाई अर्घको दिन समेत सार्वजनिक बिदा दिएको हो।

मुख्यमन्त्री मो. लालबाबु राउतले छठको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘समाजिक एकताको झ–झल्को दिने छठ जस्तो महापर्वले भौगोलिक, समाजिक तथा सांस्कृति विविधतायुक्त हाम्रो समाजको आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनी कामना गर्दछौं।’

'धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठमा कार्तिक १४ गते प्रदेशमा सार्वजनिक विदा समेत दिएको जानकारी गराउँदछौं', विज्ञप्तिमा उल्लेख छ।