Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मधेस बिकास अभियानको बैठक सम्पन्न, चैत्र मसान्तमा उद्घाटन गरिने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत्र ३, वीरगंज / मधेस बिकास
अभियानको आज दोस्रो बैठक सम्पन्न भएको छ । अभियानका संयोजक पत्रकार संतोष पटेलको सभापतित्वमा सम्पन्न
बैठकले चैत्र मसान्त तिर संस्थाको विधिवत उद्घाटन संगै परिचयात्मक कार्यक्रम गरिने भएको छ ।

baii

अभियान
“समृद्ध मधेस समृद्ध नेपाल” मुल नाराका साथ अगाडि बढाउने र समाजिक ,आर्थिक,स्वास्थ्य ,शिक्षा,पर्यावरण,
संस्कृति, संचार एवं राजनितिक उत्थान संगै रुपान्तरणमा बिशेष कार्यक्रम ,वर्कसप र सेमिनार संचालन गर्ने
संस्थाका संरक्षक प्रध्यापक डा. दिपक शाक्यले बताए ।

वीरगंज पब्लिक कलेजको सभाहलमा बसेको दोस्रो
बैठकले संस्थामा प्रध्यापक बासु कर्ण, संजय यादव, रोशन कुमार, पिंकी यादव गरी चार जना सदस्यहरुलाई थप
गरेको छ । संस्था मुख्य रुपमा समृद्ध मधेस भए मात्र नेपाल समृद्ध हुने बिश्वासका साथ समाजिक क्रियाकलाप
संगै अन्य कार्यक्रमहरु बिभिन्न निकाय तथा संघ संस्थाहरु संग समन्वय गरी संचालन गर्दै जाने संस्थाका
संरक्षक डा. शाक्यले बताए ।

bai

महिला सशक्तिकरण र युवा उर्जाको सकारात्मक परिचालन गर्ने र
गराउने संगै उत्थानमा बिशेष जोड दिने बैठकले निर्णय गरेको छ । मधेस बिकास अभियानको दोस्रो बैठकमा संयोजक
संतोष पटेल,सह संयोजक ईश्वर यादव, सचिव ओमप्रकास सर्राफ,कोषाध्यक्ष समसेद अख्तर, कार्य समिती सदस्य
एस.एमजहाँगस्त , प्रध्यापक बासु कर्ण, संजय यादव, रोशन कुमार, पिंकी यादव लगायतको उपस्थिती रहेको थियो