पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक २०, बाजुरा |</b> बाजुराको बुढिन्नदा नगरपालिका–९ अगाउँपानीमा पाँच महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ । <br></p><p>आइतबार बिहान ८ः३० बजे ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परि शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।</p><p>चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो । यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएका छन् ।</p>

