Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कुर्मी समाजले यस बर्ष होली मिलन समारोह नगर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत्र ५, वीरगंज / कुर्मी
सशक्तिकरण मंच पर्साको आज बसेको बैठकले होली मिलन समारोह नगर्ने निर्णय गरेको छ । हिन्दूहरुको महान चाड
मध्ये होली पनि एक हो ।

kurmi

मंच पर्साका अध्यक्ष संतोष
पटेलको सभापतित्वमा बसेको बैठकले मंचद्वारा बिगत ८ बर्ष देखि प्रत्येक बर्ष होली मिलन कार्यक्रम गर्दै
आएको सर्वबिदितै छ ।

यस वर्ष अधिकार र पहिचानको लागि बिगत ७
महिना देखि जारी मधेस आन्दोलनमा कुर्मी समुदायको अग्रणी भुमिका रहेको र यस आन्दोलनमा सत्रुधन पटेल,
चन्दन पटेल शहिद भएको तथा गम्भिर घाइते मुन्सी पटेल, लालबाबु पटेल लगायत दर्जनौ घाइते समेत भएकोले यस
बर्ष होली मिलन समारोह नगर्ने बैठकले निर्णय गरेको मंचका अध्यक्ष संतोष पटेलले बताए ।बैठकमा जिल्ला
कार्य समितीका पदाधिकारी, सल्लाहकार एवं समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।