पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक २४, बाजुरा | </b>बाजुरा जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।<br></p><p>भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएका थिए ।</p>

