Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोटसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक २९, भक्तपुर | </b>भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।&nbsp;<br></p><p>बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा ४ ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ | मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारी रहेको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।</p><p>मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।</p>