2026-09-11 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हिमोफिलीया रोगबारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न

चैत
२२, वीरगंज ।  
नेपाल हिमोफिलीया सोसाइटीले आज पर्सा जिल्लाका सरकारी कार्यालय एवं संघ संस्थाका
प्रमुखहरु संग होटल कैलाशमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका केन्द्रिय अध्यक्ष
वेदराज ढुगांनाको सभापतित्वमा सम्पन्न अन्र्तक्रियालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी
केशवराज घिमिरेले हिमोफिलिया निकै डरलाग्दो र नौलो रोग भएको धारणा राख्दै सरकारी स्तर एवं संघ संस्थाको
माध्यमबाट यसको जन स्तर सम्म व्यापक प्रचार प्रसारको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रमका
प्रमुख अतिथी समेत रहेका घिमिरेले आँउदा दिनमा वीरगंजमा एउटा सेन्टर स्थापना गर्ने उदेश्यका साथ सो तर्फ
गम्भिर हुन सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका थिए । सोसाइटीका केन्द्रिय उपाध्यक्ष डा.
दिपक शाक्यले हिमोफिलिया एक वंशाणुगत समस्या हो रोग होइन बताउदै शरिरमा रगत जमाउनका लागि विशेष प्रकारको
प्रोटिनको कमीले गर्दा रगत रोकिनमा समास्या उत्पन्न हुने गरेको बताए । शाक्यका अनुसार यसको मुख्य
लक्ष्णहरु रक्तनलीहरु खुम्चिने ,प्लेटलेट प्लगको निर्माण,छालामा फ्राइब्रिम जालो निर्माण हुने,रगत जमेर
खाटो बस्ने लगायतका लक्ष्णहरु रहेको बताउनुभयो ।
parsa 2
सो अन्र्तक्रिया कार्यक्रममा प्रहरी उपरिक्षक राजुबाबु
श्रेष्ठ,सशक्त प्रहरी उपरिक्षक भिमबहादुर थापा,जिल्ला शिक्षा अधिकारी रामबिनय सिंह, स्थानिय बिकास
अधिकारी बिश्वप्रकास अर्याल, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइराला,नेपाल पत्रकार
महासंघका केन्द्रिय सदस्य शितल महतो, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा,नेपाल रेडक्रस सोसाइटी पर्साका
सभापति फुलमहम्द मियाँ, एभी न्युज टेलीभिजनका वीरगंज व्युरो प्रमुख राजु श्रेष्ठ,मधेसी पत्रकार समाज
पर्साका अध्यक्ष संतोष पटेल, संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव, युवा
व्यवसायी विश्वकरण जैन,वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई,नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सक
डा. निरज सिंह ,वीउमनपाका सिनियर ईन्जिनियर प्रकास अमात्य ,अभिभावक संघ पर्साका अध्यक्ष अमर
गौतम,रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रबिन मान्नधर लगायतकाले आ आफनो धारणा राखेका थिए ।
parsa
सोसाइटीका
सचिव मुकुन्दमणी घिमिरेले सहजीकरण गरेको अन्र्तक्रिया कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रशासकिय
अधिकृत संकल्प शाक्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपालमा हिमोफिलियाको ५५० जना रोगीहरु रहेको र
जसमा तराइ भेगमा वढी मात्रामा रहेको सोसाइटीका उपाध्यक्ष शाक्यले बताए ।

हाल सोसाइटील
वीरगंज,ईटहरी,भरतपुर,पोखरा,धनगढी,भक्तपुरमा हिमोफिलियाको क्षेत्रिय कार्यालय बिस्तार गरी कार्य गरिरहेको
बताए । होटल कैलाशमा आयोजित अन्र्तक्रियामा बिउमनपाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले संस्थागत
बिकासलागि नगरपालिका तर्फबाट एक लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस