Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कार्यालय प्रमुखद्वारा कार्यालयकै छतमा झुन्डिएर आत्महत्या

By साझासवाल 2 मिनेट पढाइ

<p><b>मङ्सिर १६,&nbsp;काभ्रे&nbsp;| </b>खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्रप्रसाद घिमिरेले आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेका छन्।<br></p><p>शुक्रबार बिहान पौने ११ बजेतिर धुलिखेलस्थित आफ्नै कार्यालयको छतमा झुन्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीले जानकारी दिए। आत्महत्या गर्ने घिमिरे काठमाडौ मातातीर्थका स्थायी बासिन्दा रहेका प्रहरीले जनाएको छ।</p><p>कार्यालयको छतमा रहेको ट्रस्टको डन्डीमा झुन्डिएको अवस्थामा शव भेटिएको जोशीले जानकारी दिए। घिमिरेको परिवार आइपुगेपछि पोस्टमार्टमका लागि शव लैजाने प्रहरीको तयारी छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ।</p>