2026-09-12 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा जङ्गली बँदेलले आतङ्क मच्चायो

भदौ ३१, बर्दिबास । महोत्तरी जिल्लाको उत्तरवत्र्ती क्षेत्रको पशुपतिनगरमा जङ्ली बँदेलले आतङ्क मच्चाएको छ । गत शनिबार तीन÷चारवटाको सङ्ख्यामा आएका जङ्गली बँदेलले बालीनाली नोक्सान गरेको पशुपतिनगरका सर्वसाधारणले बताएका हुन् । 

शनिबार पहिलोपटक तीनवटा देखिएका बँदेल पाँच दिनकै अवधिमा सात आठवटाको सङ्ख्यामा देखिन थालेका छन् । बँदेलले कोबी, भान्टा, बन्दा र अन्य तरकारी बाली उखेल्ने, उधिन्ने गरेर लाखौँको नोक्सान गरेको पशुपतिनगर–१ का किसान महेन्द्रसिंह महतोले बताउनुभयो । 

करिब मध्यरातदेखि बिहान ४ बजेसम्म बँदेल आतङ्क बढेको सर्वसाधारणको भनाइ छ । बँदेलले केराका थाम, उखु र भर्खरै रोपिएका आँप, लिचीसहितका फलका बिरुवासमेत उखेलेर फालेको स्थानीयवासी मनमाया रानामगरले दुःखेसो गर्नुभयो । 

पशुपतिनगरसँग जोडिएको भङ्गाहाको रामनगर, बर्दिबास नगरपालिकाको प्रेमनगर र बिजलपुराको पूर्वी बस्तीमा पनि बँदेलले बाली नोक्सान गरेर दुःख दिएको ती बस्तीका सर्वसाधारणले बताएका छन् । बँदेलले धेरैजसो नयाँ फुल्नै लागेको कोबी खुबै मन पराएर खाने गरेको भङ्गाहा–३ रामनगरका किसान चाँगैन महतोले बताउनुभयो । 

समूहमा आउने बँदेलले मान्छे देखेपछि झम्टनेसमेत गरेकाले बस्तीमा त्रास छाएको सर्वसाधारणको भनाइ छ । बँदेल आतङ्क बढेसँगै इलाका प्रहरी कार्यालय बर्दिबास, इलाका वन कार्यालय बर्दिबास र बर्दिबासस्थित छिन्नमस्ता सशस्त्र प्रहरी गणमा जानकारी गराइए पनि नियन्त्रणको कुनै उपाय नभएको पीडितले बताएका छन् । 

जिल्लाको उत्तरवर्ती वन क्षेत्रमा खानेकुराको अभावसँगै सिकारी चलखेल बढेपछि बँदेल खानाको खोजी र सिकारीबाट बच्न गाउँबस्ती पसेको हुनसक्ने अनुमान गरिएको छ । 

यसैबीच इलाका वन कार्यालयका वन रक्षकले पशुपतिनगरमा बँदेल लखेट्न सुरु गरेको जनाएका छन् । पशुपतिनगरमा गतवर्ष पनि असोज, कात्तिकमा बँदेलले निकै नोक्सानी गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस