Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर २३,&nbsp;&nbsp;बैतडी&nbsp;|</b> बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक चालकको मृत्यु भएको हो ।</p><p>मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउद रहेका छन् । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।</p><p>जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।</p><p>जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप दुर्घटनामा परेको हो ।</p>