२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वडाप्रहरीकै नजिकमा चोरहरुबाट स्थानियबासीन्दा आंतकित

२०७३, २१ बैशाख मंगलवार १३:१६

parsaबैशाख २१,
वीरगंज ।  
वडा प्रहरी कार्यालय श्रीपुर नजिकको स्थानिय टोलवासीहरु चोरहरुको बिगबिगीका कारण
पिडित भएका छन् । वीरगंज उपमहानगरपालिका वडा नं. १४ श्रीपुर गाँउको उत्तर र पदम रोडको पश्चिम पट्टि
रहेको श्रीपुर नयाँ बस्ती बजरङ्ग टोलमा बिगत एक सप्ताह देखि लगातार भईरहेको चोरीको घटना बाट
स्थानियबासीन्दाहरु पिडित बनेको र प्रहरी वेखबर रहेको स्थानियबासीहरुले बताएका छन् ।

बजरङ्ग टोलको चौकमा रहेको स्थानिय नन्दलाल मण्डल,रामेश्वर ठाकुर र जितेन्द्र
यादवको पसलमा हिजो राती चोरी भएको छ । चोरहरुले राती पसलको ताल्चा तोडी पसलमा रहेको सरसमान सहित नगद र
जिन्सी पनि लगेका पिडित रामेश्वर ठाकुरले बताउनु भयो ।

एक दिन
अगाडि मात्र सोही टोलमा बसोवास गरेका सुरेन्द्र चौधरीको घर बनाउन राखिएको तीन क्विन्टल छड चोरी भएको
पिडितले बताए । त्यसैगरी दुई दिन अगाडि मात्र सोही टोलका बासी दिपेन्द्र पटेलको ना. ३२ .प ४१५६ नम्बरको
सुपर स्प्लेण्डर मोटरसाईकल चोरी भएको र प्रहरीलाई जानकारी गराउदा समेत अहिले सम्म मोटरसाईकलको कुनै
अतोपतो नलागेको पिडित पटेलले बताउनुभयो ।

वडा प्रहरी कार्यालयको
नजिक रहेको सो टोलमा दिनहुँ भइरहेको चोरीको घटनाबाट आंतकित स्थानिय बासीन्दाहरु शान्ति सुरक्षा कायम
गर्न र चोरी जस्ता घटनाबाट बच्न आफुहरुले स्थानिय स्तरबाट नै चन्दा संकलन गरी लाखोको लागतमा वडा प्रहरी
कार्यालय श्रीपुरको भवन निर्माण गरेको र अहिले यस्ता घटना प्रति प्रहरीले वेवास्ता गरेको कारण आफुहरु
बढी दुखित भएको स्थानिय शिव पटेलले बताउनुभयो । यसबारेमा वडा प्रहरी कार्यालय श्रीपुरमा सम्पर्क गर्दा
चोरहरुको खोजीकार्य जारी रहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ