काभ्रे बेथानचोक दुर्घटनाः गाउँपालिकामा शोक बिदा

साझासवाल

मङ्सिर २८, काठमाडौँ |  काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक विदा दिने निर्णय गरेको छ । मंगलबार साँझ भएको बस दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै र घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सूचना जारी गर्दै शोक विदा दिने जनाएका छन् । सम्पूर्ण दिवंगत आत्माको चिर शान्तिको कामनासहित घाईतहरूको शिघ्र स्वास्थ्य लाभको कामनाको लागि शोक विदा दिएको अधिकारीले जानकारी दिए । गाउँपालिका भित्रको सरकारी कार्यालयहरू, सरकारी गैरसरकारी संघ/संस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै विदा दिन भनिएको छ ।

हिजो मंगलबार साँझ बेथानचोक–५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भई बनेपातर्फ आउँदै गरेको बा३ख ४३८५ नम्बरको यात्रुाबाहक बस बेथानचोक–४ चलाल गणेशस्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतकहरूमध्ये १३ जनाको सनाखत भईसकेको छ । ४ जनाको सनाखत हुन बाँकी छ । घाइतेहरूको अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Comment

Leave a Reply