Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 14, 2022 बाँके - BNK, समाज

भारतीयको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

मङ्सिर २८, बाँके | बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ। आइतबार राति बादी बस्तीमा आएका भारतीय नागरिकले स्थानीय लालबहादुर बोहराको घर अगाडि गाडि रोक्न खोजेका थिए।

घरअघि उनले गाडी रोक्न नदिएपछि आइतबार राति भारतीय नागरिकबाट उनी कुटिएका थिए। उनलाई दुई जना भारतीयले निर्घात कुटपिट गरी फरार छन्। कुटाइबाट गम्भीर घाइते भएका बोहराको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो।

कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन्। पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उक्त क्षेत्रमा अझैँ पनि लुकिछिपि देहव्यापार हुनेगरेको स्थानीयले बताएका छन्।