Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अनियमित लोडसेडिङ्ग बिरुद्ध युवा नेताहरुद्वारा प्राधिकरण अगाडि प्रर्दशन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

birganj
newsबैशाख २३, वीरगंज । बिगत केही हप्ता देखि नेपाल बिद्युत प्राधिकरण वीरगंज बितरण
केन्द्रले गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यको लागि वीरगंजका युवा नेताहरुले आज
प्रर्दशन गरेका छन् ।

सदभावना पार्टी पर्साका युवा नेता
ओमप्रकास सर्राफको नेतृत्वमा वीरगंज पावरहाउस चौकमा रहेको प्राधिकरणको मुल गेट अगाडि मैनबत्ति बाली प्ले
कार्ड सहित धर्ना प्रर्दशन गरेका थिए । धर्ना प्रर्दशनको क्रममा लोडसेडिङ्ग अन्त गर, अनियमित बिद्युत
कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभावन बन्द गर जस्ता नारा लगाउदै प्राधिकरणको मुल
गेटमा २ घण्टा प्रर्दशन गरेको युवा नेता सर्राफले बताए ।

बिहान
११ बजे देखि १ बजे सम्म भएको धर्नामा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, नेपाली
काँग्रेस नेतृ शान्ति कार्की,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पंडित पुरुषोत्तम दुवे,उदयकान्त
झा,सदभावना पार्टी पर्साका सचिव राजेश साह, जिल्ला सदस्य अनिरुद्ध कलवार,किसोरी साह,युवा मंचका अध्यक्ष
शेख मुन्ना, द राइजिङ्ग नेपाल पर्साका उपाध्यक्ष पंकज पटेल रहेका छन् ।

युवा व्यवसायि योगेश खनाल,कन्हैया गुप्ता, पब्लिक एन्टी करपसन पर्साका कार्यवाहक अध्यक्ष
भुपेन्द्र पौडेल ,सचिव दिपक सर्राफ, बिद्यार्थी नेताहरु धिरेन्द्र ठाकुर,अमित पटेल,आशु सर्राफ, सुजित
ठाकुर, रामप्रकास सर्राफ,बिजय ठाकुर,साबित्री देवी, रन्जना झा , सहजाद हुसेन लगायत वीरगंज नगरका आम
नागरिकहरुको समेत सहभागिता रहेको थियो । धर्ना प्रर्दशन भोली पनि जारी रहने युवा नेता ओमप्रकास सर्राफले
बताए ।