2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अनियमित लोडसेडिङ्ग बिरुद्धको दास्रो दिनको प्रर्दशनमा प्रहरीको हस्तक्षेप

बैशाख २४, वीरगंज । मधेसवादी दल वीरगंजका सक्रिय नेताहरु एवं वीरगंजका
जिम्मेवार नागरिकहरुले आज दोस्रो दिन पनि नेपाल बिद्युत प्राधिकरण केन्द्र वीरगंज शाखाको मुल गेटमा
धर्ना एवं प्रर्दशन गरेका छन् । बिगत केही हप्ता देखि नेपाल बिद्युत प्राधिकरण वीरगंज बितरण केन्द्रले
गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यको लागि वीरगंजका नेता एवं नागरिकहरुले दास्रो दिन
पनि आज प्रर्दशन गरेका छन् ।
parsa 1

सदभावना पार्टी पर्साका युवा नेता ओमप्रकास सर्राफको
नेतृत्वमा वीरगंज पावरहाउस चौकमा रहेको प्राधिकरणको मुल गेट अगाडि लोडसेडिङ्ग अन्त गर, अनियमित बिद्युत
कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभावन बन्द गर जस्ता नारा लगाउदै प्राधिकरणको मुल
गेटमा बिहान १० बजे देखि १२ बजे सम्म २ घण्टा प्रर्दशन गरिएको थियो ।
parsa 2

प्राधिकरण अगाडि धर्ना अर्थात बिद्युत सत्याग्रह गरिरहेका नेताहरुमाथि वडा प्रहरी कार्यालय
श्रीपुर वीरगंजका प्रमुख प्रहरी निरिक्षक शेख अदालतको नेतृत्वमा गएको टोली धर्नाकारीमाथी जाइ लागेको
थियो । धर्ना समापन पछि कोण सभालाई सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, राष्ट्रिय मधेस
समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल,सदभावना युवा मंचका पर्सा जिल्ला अध्यक्ष शेख
मुन्ना,नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे, सदभावना पार्टी
पर्साका सचिव राजेश साह ,पब्लिक एन्टी करपसन पर्साका सचिव दिपक सर्राफ, लगायतकाले सभालाई सम्बोधन गर्दै
नेपाल सरकार र बिद्युत प्राधिकारणको मिलोमतोमा वीरगंज लगायत यस आसपासका क्षेत्रमा व्यापक रुपमा
बिद्युतको अनियमितता भइरहेको आरोप लगाएका थिए ।
parsa 3

शान्तिपुर्ण धर्ना एवं प्रर्दशन कार्यक्रममा प्रहरी
प्रशासन गरेको हस्तक्षेपको कडा बिरोध गरेका थिए । वक्ताहरुले लोडसेडिङ्ग व्यवस्थापन नभए सम्म आन्दोलन
जारी राख्ने र आवश्यकता अनुरुप आनन्दोलनको स्वरुप परिर्वतन गर्ने कार्यक्रम संयोजक एवं युवा नेता
ओमप्रकास सर्राफले बताए ।

parsa 4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द