Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संघीय गठबन्धनद्वारा वीरगंजमा बिरोध सभा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २४, वीरगंज ।
– संबिधान संशोधन बिना आन्दोलन रोकिदैन – महासचिव पटेल
बिभेदका बिरुद्ध तथा अधिकार
प्राप्तिका लागि जारी मधेस आन्दोलनको क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनका
निर्धारीत कार्यक्रम अनुसार आज वीरगंजको घण्टाघरमा बिरोध सभा सम्पन्न भएको छ ।
birod sabha
राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत आजको सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका महासचिव
शिव पटेलले जारी मधेस आन्दोलन संबिधानको पुनः संशोधन तथा पुर्नलेखन मार्फत हामीले उठाएका माँग पुरा
नहुन्जेल जारी रहने र अबको आन्दोलन राजधानी केन्द्रित हुने भएकोले सिंहदरवार घेराउको लागि तयार रहन आम
जनमानसलाई आग्रह गर्नुभयो ।

birodha sabha

तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहाको अध्यक्षतामा आयोजित सो
सभालाई सम्बोधनकै क्रममा महासचिव पटेलले सडकमा आन्दोलनकारीको उपस्थिती कम देखिए पनि नेपालका सम्पुर्ण
शोसित पिडितहरुको दिलो दिमागमा आन्दोलन रहेको चर्चा गर्दै मधेस आन्दोलन राष्ट्र व्यापी मात्र नभई
अन्र्तराष्ट्रिय स्तरमा पुगिसकेकोले केपी ओलीले होइन सम्पुर्ण शाषक वर्गहरुले नै आन्दोलनको सम्बोधन
गर्नुपर्ने अन्यथा देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिनुभयो ।
birodh
राधेश्याम सोेनीले संचालन गर्नुभएको सो बिरोध सभामा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य
निजामुदिन समानी,संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य करिमा वेगम, तराई मधेस लोकतान्त्रिक
पार्टी पर्साका उपाध्यक्ष जटाशंकर गुप्ता,नेसपा पर्साका सचिव राजेश साह,रामसपा पर्साका सचिव धर्मेन्द्र
पटेल, नेपाल महिला मंचका केन्द्रिय उपाध्यक्ष मुनी श्रीवास्तव,तराई मधेस महिला संघका केन्द्रिय सदस्य
रेखा कर्ण,महिला मंचका अनिता रौनियार लगायतका नेताहरुले सम्बोधन गर्दै जारी आन्दोलनको क्रममा आयोजित
हुने बिभिन्न कार्यक्रममा सहभागिताको लागि आम जन समुदाय संग आग्रह गरेका थिए ।