2026-09-11 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

पुस ९, पाल्पा | पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायत जिल्लाका किसानको कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र छ । 
तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको छ । तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषिउपज राख्न सकिने क्षमताको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण थालिएको हो । रु चार करोड ९९ लाख ९१ हजार नौ सय पाँचमा सम्झौता भएको थियो । विसं २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते काम सक्ने लक्ष्य थियो । दश वर्षमा निर्माण कम्पनीले २७ प्रतिशत मात्र भौतिक प्रगति गरेको तानसेन नगरपालिकाका प्राविधिक टीकाराम सोमैले जानकारी दिनुभयो । “निर्माण कम्पनीले काम नै गरेन, पाँच पटक म्याद थप गरिसकेका छौँ”, सोमैले भन्नुभयो, “फेरि म्याद थपको लागि आएको छ, काम गर्छन् भन्नेमा विश्वस्त हुन सकिएको छैन ।”
यस क्षेत्रमा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार केन्द्र निर्माण सुरु गरिएको थियो । तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही यहाँका कृषक निर्माण कार्यमा भएको ढिलाइले पुनः निरुत्साही भएका छन् । 
निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्तकाली जेबीले तानसेन नगरपालिकाबाट रु दुई करोड वढी रकम भुक्तानी लगेका छन् । आर्थिक सहयोग गरेको भारतीय राजदूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ । दूतावासका द्धितीय सचिव प्रशान्त सोनाले निर्माण कार्य सुरु गर्न अनुरोध गर्नुभएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्वनिधारित क्षतिपूर्ति रु ४८ लाख रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । 
पूर्वनिर्धारित योजना र सम्झौताअनुसार काम नगरेको भन्दै पटकपटक परिपत्र गर्दै आएको नगरपालिकाले अन्य कम्पनी छनोट गरेर भए पनि योजना सम्पन्न गर्ने उल्लेख गरेको छ । प्रवक्ता यादवसिं कार्कीले नपुग रकम नगरपालिकाबाट थप गरेर भए पनि निर्माण सुरु गरिने बताउनुभयो । “तानसेनको गौरवसँग जोडियो, निर्माण कम्पनी परिवर्तन गरेर भए पनि काम सम्पन्न गर्छौं”, प्रवक्ता कार्कीले भन्नुभयो । पाल्पा कृषि क्षेत्रको उर्बर भूमि हो । यहाँका किसानले सुन्तला, अकबरे खुर्सानी, अदुवाजस्ता कृषिउपजबाट करोडौँको व्यापार गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस