2026-07-11 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

मधेशी जनताको टाउँको माथि बन्दुक राखेर वार्तामा नबोलाउनुस्: यादव

prakashअभिमनु पटेल । भदौ २९, रौतहट । संघिय समाजवादी विधार्थी
फोरमका जिल्ला अध्यक्ष प्रकाश भाई यादवले मंगलवार पत्रकार अभिमनु पटेलसँग कुरा गर्दै मधेशी जनताको टाउको
माथि बन्दुक राखेर वर्ताको लागि नबोलाउन आग्रह गरेका छन् ।

संयुक्त मधेशी मोर्चाका केही शिर्ष नेताहरुलाई जिल्ला प्रशासन कार्यलय रौतहटले बिना
पक्राउपुर्जी जानकारी समेत नगराई समातेर हिरासतमा लिएकोमा उनले बिरोध गरे । उनले भने ‘म यो दमनकारी
सरकारको शैलीप्रति दुख प्रकट गर्दछु । सरकारले मधेशी जनतालाई दमन गरेको छ । यसलाई हेर्दा मधेशमा ठूलो
विद्रोह हुने संकेत देखा परिरहेका छन । अब आउने संविधानमा मधेशी जनताहरुको हकअधिकार पाएन भने मधेशी
जनताले यो संविधान मान्दैन ।’ उनले सरकारले दमनकारी नीति लिएको भन्दै मधेसीलाई अधिकार नदिनुको अर्को
बिकल्प नभएको बताए ।

उनले मधेशी जनताको अहिलेको आन्दोलन विगतको
दिनमा स्व. गिरिजाप्रसाद कोइरालासँग भएको सम्झौता भनेको बताए । बिगतको सम्झौता कार्यन्वयन गर्नको लागि र
केही कुरा संबिधान मस्यौदामा समेत सच्याउनका लागि मधेशी जनता आन्दोलनमा होमिएको उनले बताए । उनले भने
‘अझ पनि समय छ, संबिधान निर्माण प्रक्रिया रोकेर मधेशीसँग बर्ता गरेर मधेशीको अधिकार सुनिचित गर्नुस ।
मधेशी जनताको टाउकोमाथि बन्दुक राखेर वर्ताको लागि नबोलाउनुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट